Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

स्टाफ कलेजको ३३ औँ ब्याचका उत्कृष्ट शाखा अधिकृत सुमन श्रेष्ठले यसरी एकै पटकमा निकाले नाम 

स्टाफ कलेजको ३३ औँ ब्याचका उत्कृष्ट शाखा अधिकृत सुमन श्रेष्ठले यसरी एकै पटकमा निकाले नाम 


  • 7.3K
    Shares

    स्टाफ कलेजको ३३ औँ ब्याचका उत्कृष्ट शाखा अधिकृत सुमन श्रेष्ठले यसरी एकै पटकमा निकाले नाम 
    images

    अहिले निजामति सेवामा धेरै युवाको आकर्षण छ । अहिले अधिकांश युवा उच्च शिक्षा अध्ययनसँगै निजामती सेवामा प्रवेश गर्नका लागि लोकसेवाको तयारी समेत गरिरहेका छन् । मुलुक संघीय संरचनामा गइसकेको अवस्था र तीन तहको सरकारमा कर्मचारीको उच्च माग भएका कारण पनि निजामती सेवामा प्रवेश गर्न चाहने युवाको जमात ठूलो छ । तर निजामती सेवामा प्रवेश गर्ने चाहना भए पनि कतिपय युवाको सपना पूरा हुन सकेको पाइँदैन । पारिवारिक अवस्थामा सुधार ल्याउन सकिने क्षेत्र निजामती सेवामा प्रवेश गर्न चाहे पनि कतिपय युवाहरुमा लोकसेवा तयारीका लागि कस्ता सामग्री पढ्ने, कसरी पढ्ने र परीक्षा कसरी दिने भन्ने कुराको आवश्यक ज्ञान नहुँदा उनीहरुको सपना साकार बन्न सकिरहेको छैन ।

    यसरी धेरै मेहनत गर्दा पनि र धेरै पटक कोशिस गर्दा पनि निजामती सेवामा प्रवेश गर्न नसकिरहेका युवालाई लक्षित गरी हामीले करदाता सेवा कार्यालय इटहरीका कर अधिकृत सुमन श्रेष्ठको लोकसेवा आयोग अनुभव पस्किएका छौं । विभिन्न पदमा लोकसेवा भिडेर ज्ञान अनुभव हासिल गर्दै लोकसेवा भिड्दै गरेका विद्यार्थीहरुका लागि उपयोगी पुस्तक समेत लेखिसक्नु भएका श्रेष्ठसँग गरिएको  लोकसेवा कुराकानीको अंश :


    तपाईको परिवारमा को– को हुनुहुन्छ रु के गर्नुहुन्छ ?
    हामी सात जना छौं । बुबा शिक्षक हुनुहुन्छ । दाइ र भाइ व्यवसायमा संलग्न हुुनुहुन्छ ।

    तपाईको बाल्यकाल कहाँ–कसरी बित्यो ?
    मेरो बाल्यकाल काभ्रे जिल्लाको चण्डेनी गाउँमा बित्यो । मैले कक्षा १० सम्मको अध्ययन श्री उमा सहशिक्षालय माविमा गरें । जुन विद्यालयमा मैले वि।सं। २०७० देखि २०७२ सम्म अध्यापन पनि गरें ।


    शिक्षादीक्षा कसरी लिनुभयो, सहजपूर्ण वा संघर्षपूर्ण रह्यो ?

    म अध्ययन गरेको विद्यालय घरबाट १५ मिनेटको दूरीमा थियो । पढाईमा म मध्यम नै थिएँ । बुबा, अंकल शिक्षक भएकाले मलाई पढाईमा सहयोग भएको थियो । म कक्षामा प्रथम नै हुन्थें ।

    एसएलसी पास गरेपछि के बन्ने सपना देख्नु भयो रु किन ?
    एसएलसी पास गरेपछि मैले एच।ए। अध्ययनका लागि भरतपुरबाट प्रवेश परीक्षा दिएँ । उक्त प्रवेश परीक्षामा म उत्तीर्ण भइँन । तत्पश्चात म सानोठिमी क्याम्पसमा गणित र अंग्रेजी मुख्य विषय लिएर शिक्षाशास्त्रमा भर्ना भएँ । मास्टर्स सक्ने बेलासम्म जागिर खाने बाहेक केही सपना थिएन ।

    यो पेशाको विषयमा कसरी थाहा पाउनु भयो ?
    कुनै सरकारी कार्यालय जाँदा होस् या अरुले सरकारी सेवाको आकर्षणबारे कुरा गर्दा म पनि यो सेवाप्रति आकर्षित भएँ ।


    निजामती कर्मचारी बन्ने प्रेरणा कहाँबाट पाउनु भयो ? कसरी आकर्षित हुनु भयो ?
    मेरा साथीहरुले निजामती सेवामा नाम निकालेर तालिम गर्दाका फोटोहरु, विभिन्न कार्यक्रममा भाग लिएका फोटोहरु राखेका हुन्थे जुन कुराले मलाई म पनि सक्छु र यस्तै बन्छु भन्ने प्रेरणा मिल्थ्यो । नाम निकालेका साथीभाइले पनि तयारी गरे सकिन्छ भनेर हौसला दिन्थे ।

    शुरुमा तपाईलाई यो पेशामा राम्रो लागेका पक्षहरु के थिए ?
    वृत्ति विकासका अवसरहरु नै यो पेशाको मुख्य आकर्षण हो । विभिन्न भौगोलिक क्षेत्रमा काम गर्न पाउने अवसर एव्म विभिन्न भूमिकामा काम गर्न पाउने अवसर हुनु अर्को राम्रो लागेको पक्ष हो । मैलै वि।सं। २०६७ सालतिर एकपटक लोकसेवाको कक्षा लिएर केही समय तयारी गरें । उक्त परीक्षा मैले पुरै दिइन् र त्यो क्रमको निरन्तरता मेरो स्नातकोत्तरको अध्ययन नसकिउञ्जेलसम्म रहेन । वि।सं। २०७२ सालमा मैले गणित विषयको निमावि स्थायी शिक्षकको रुपमा काठमाडौंमा नाम निकालें । तत्पश्चात मलाई तयारीको अवसर मिल्यो । मैले वि.सं. २०७३ सालबाट लोकसेवाको तयारी थालें ।

    लोकसेवाको तयारी के–कसरी गर्नु भयो ?
    म गणित विषयको शिक्षक भएको कारणले विद्यालयमा अतिरिक्त कक्षा पनि लिनुपर्ने हुन्थ्यो । बिहान–बेलुका र बिदाको दिन सदुपयोग गरेर मैले लोकसेवाको तयारी गरें ।

    घरमै पढ्नु भयो कि कुनै तयारी कक्षा लिनुभयो ?
    मैले लोकसेवा तयारी कक्षा लिएँ । दुई वर्ष लिएँ । अघिल्लो वर्ष पूरा कोर्सको लिएँ भने पछिल्लो वर्ष लिखित तयारी कक्षा लिएँ ।

    पढ्ने विधि कस्तो थियो ?
    मलाई पर्याप्त समय नभएकाले सामान्य ज्ञान (जि.के.) चाहिँ सूत्र बनाएर, क्लिक वर्डहरु बनाएर कण्ठ पार्थेँ । क्लिक वर्ड भनेको सम्झन सजिलो हुने रमाइलो वा सजिलो शब्द हो । जस्तो नेपाल सरकारले खुल्ला दिशामुक्त क्षेत्र २०७६ आश्विन १३ मा गर्यो भने त्यसलाई सम्झन आतेर (आश्विन तेह्र) गर्यो भनेर हाइलाइट गरेर राख्ने अर्को पटक हेर्दा बिर्सन्न पनि । कतिपय कुरा घोक्दा लगातार २–३ मिनेट लेख्ने र पढने सँगसँगै गर्दा प्याटर्न बनेर माइण्डमा सेट हुन्छ । अर्को भनेको म कलेक्सन गरेर पढथें । साथीभाइसँग किताब, प्रश्न सेटहरु खोजी–खोजी बजारमा उपलब्ध सामग्री खोजी खोजी पढथें । म पढाईलाई इन्जोय गर्थे ।

    दैनिक कति घण्टा पढ्नु हुन्थ्यो, कुन–कुन समयमा ?
    बिहान पढ्ने मौका नपाउने हुनाले म बेलुका ५ देखि ११–१२ बजेसम्म पढ्थें । बिदाको दिनमा चाहिँ म पुरै समय सदुपयोग गर्थे ।

    एक्लै पढ्नु हुन्थ्यो कि साथीभाइसँग मिलेर ?
    म एक्लै पढथेँ । कहिलेकाँही साथीभाइसँग छलफल हुन्थ्यो ।

    कुन–कुन पुस्तकहरु पढ्नु भयो ?
    मैले बजारमा उपलब्ध भएको धेरै पुस्तकहरु पढें । म कुन किताब कस्तो केही समीक्षा नगरी पढथें । कहिलेकाँही त कस्तो हुन्थ्यो भने शुक्रबार किनेको किताब म शनिबार अध्ययन गरेर सक्थेँ । बढी पुस्तक अध्ययन गर्दा केही न केही थप कुरा थाहा पाइन्थ्यो, त्यसले ज्ञानलाई संस्थागत गर्न मद्दत गथ्र्यो । पुस्तकहरु साथै इन्स्टिच्युटका परीक्षाका प्रश्नहरु पनि संकलन गरेर समाधान गर्थे । त्यसले मलाई खोजको विकास गराउँथ्यो र नयाँ नयाँ समस्याहरु थाहा हुन्थ्यो । अचेल अध्ययन गर्न सजिलो छ, आइक्यू त झन अझ सजिलो छ, कुनै प्रश्न समाधान गर्न आएन भने इन्टरनेटमा खोज्दा सजिलै पाइन्छ । दुई–तीनथरी तरिका पनि थाहा हुन्छ । यसले तयारीका लागि सजिलो पनि हुन्छ । एउटै मात्र पुस्तक अध्ययन गर्दा वा सीमित पुस्तक अध्ययन गर्दा सीमित कुरा मात्र थाहा हुन्छ ।

    तयारी गर्दाका दुःखहरु कस्ता थिए ?
    तयारी गर्न समयको अभाव थियो । बिहान पढ्न जान्थें । दिनभर विद्यालयमा पढाउनुपथ्र्यो । समय बेलुकी मात्र मिल्थ्यो । काठमाडौंमा नै भएको कारण पुस्तकको सहज उपलब्धता भने थियो । इन्टरनेटको सुविधा भएकाले द्विविधा परेका कुराहरु सजिलै खोज्न मिल्थ्यो । शिक्षण पेशामा भएकाले खर्चको अभाव थिएन । त्यस्तो खासै दुःख थिएन ।

    कति पटकमा नाम निकाल्नु भयो ?
    पटक–पटक परीक्षा त दिएँ तर तयारी बिना दिँदा प्रथम पत्रमा नाम नै निस्किँदैनथ्यो । वि.सं. २०७३ सालमा अफिसर र नासुको प्रथम पत्रमा पास भएँ तर तयारी नपुगेको हुनाले अरु पत्रको परीक्षा दिइनँ । केही साल लोकसेवा बन्द हुने हल्लाले गर्दा निजामती कर्मचारी हुनैपर्छ भन्ने प्रेसर फिल गरें र खरिदारको परीक्षा जसरी पनि उत्तीर्ण हुनुपर्छ भनेर लागि परें । पुरै परीक्षा दिएको हरेकपल्ट नाम निस्क्यो । वि।सं। २०७४ चैत्रमा खरिदारमा, २०७५ असोजमा नायब सुब्बामा र २०७५ कार्तिकमा शाखा अधिकृतमा नाम निकालें । संयोग नै भन्नुपर्छ हरेकपल्ट आफ्नो क्षेत्रको टप टेनभित्र अटाएँ ।

    कति समयको तयारीमा कुन पदमा नाम निकाल्नु भयो ?
    मेरो मुख्य तयारी कार्तिकदेखि चैत्रसम्मको हुन्थ्यो । अरु बेला त्यति जाँगर लगाएर पढ्दिन थिएँ । २०७३ र २०७४ सालमा त्यसरी अध्ययन गरें । पहिलोपटक खरिदारमा नाम निस्केको थियो । नाम निस्किँदा एकदम खुशी भएको थिएँ । हल्का नर्भस पनि अनुभूति भएको थियो । नाम निस्केको सूचना इन्टरनेटबाट हेरें । अन्तको रिजल्ट आइरहेको थियो तर काठमाडांँको रिजल्ट धेरै कुर्नुपर्यो । नाम निस्कँदा एकदम खुशी भएँ । एउटा सपना पुरा भएको जस्तो अनुभव भयो । घर परिवार, विद्यालय र छिमेकीसँग खुशी बाँडे ।


    तयारीका लागि समय व्यवस्थापन एउटा महत्वपूर्ण पाटो हो । कसैले छोटो र थोरै समयमा नाम निकालेका छन् भने कसैले धेरै प्रयत्न गर्दा पनि ननिकालेको उदाहरण छ । यसर्थ आफूलाई पायक पर्ने समयमा अर्थपूर्ण तवरले व्यवस्थित अध्ययन गर्नुपर्दछ ।

    नाम निस्केपछि पहिलोपटक कहाँ पोस्टिङ भएर जानुभयो ?
    मेरो पहिलो नियुक्ति महालेखा परीक्षकको कार्यालय बबरमहलमा भयो । सरकारी सेवातर्फ खरिदारको रुपमा महालेखा परीक्षकको कार्यालयमा ६ महिना, नायब सुब्बाको रुपमा आन्तरिक राजश्व कार्यालय टंगालमा करिब एक महिना काम गरें । त्यसयता कर अधिकृतका रुपमा कार्यरत छु ।

    सरकारी कर्मचारीको रुपमा तालिम गर्दाका अनुभव र अनुभूति कस्तो छ ?
    मैले शाखा अधिकृत हुँदा मात्र तालिमको अवसर पाएँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा तालिमको अवसर मिल्यो । त्यो सुनौलो अवसर थियो । अनुभवी प्रशिक्षक, नयाँ प्रशिक्षण शैली, देश घुम्ने अवसर, विभिन्न अनुभवहरु लिन पाउँदा निकै नै खुशी लाग्यो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ब्याच ३३ को तीन महिने तालिम समूहमा उत्कृष्ट प्रशिक्षार्थी पनि बन्ने मौका मिल्यो, त्यो खुशीको क्षण थियो ।


    तालिम सकेर पहिलो पटक सरकारी कुर्सीमा बस्दाको अनुभव कस्तो रह्यो ?

    तालिम सकिएपछि मेरो नियुक्ति करदाता सेवा कार्यालय इटहरीमा भयो । त्यहाँ मेरो नियुक्ति कार्यालय प्रमुखको रुपमा भयो । शुरुका केही दिन चाहिँ निकै नै रमाइलो, नर्भस तथा जिम्मेवारी अनुभूत भयो ।

    सोचे जस्तो भयो वा भएन रु सोचे जस्तो के पाउनु भयो, फरक के ?
    म कार्यरत कार्यालयमा टिमवर्क राम्रो पाएँ । कामको गति राम्रो थियो । केही भीडभाड हुने भएता पनि मैले त्यत्ति जनगुनासो पाएको छैन । यहाँ आएपछि के अनुभव गरें भने टिमवर्क राम्रो भयो भने जुनसुकै कार्यालय सहजरुपमा सञ्चालन गर्न सकिन्छ ।

    तपाईले लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरुका लक्षित गरेर पुस्तक पनि लेख्नु भएको छ । पुस्तक कस्तो छ ?
    मैले अहिलेसम्म दुईवटा पुस्तक निकालेको छु । कम्प्यूटर सीप परीक्षणका लागि र अन्तरवार्ताका लागि समेटेर एउटा पुस्तक र प्रथम पत्रलाई हुने गरेर GK Shortbook (जिके सर्टबुक) निकालेको छु ।

    पहिलोपल्ट प्रकाशित गर्नु भएको पुस्तकको प्रतिक्रिया कस्तो पाउनु भयो ?

    पुस्तकको सकारात्मक प्रतिक्रिया पाएँ । म आफैले लोकसेवामा खरिदारमा नाम निकालेपछि कम्प्यूटर सीप परीक्षण तयारीको पुस्तक नपाएको हुनाले त्यो ग्याप फिल गर्न पुस्तक लेख्ने सोंच बनाएको थिएँ । काठमाडौँ र मोफसलका लोकसेवा तयारीमा लाग्नु भएकाले त्यो पुस्तक मन पराई दिनुभयो ।

    तपाईले अहिले बजारमा ल्याउनु भएको नयाँ पुस्तक विद्यार्थीका लागि कतिको उपयोगी हुन्छ जस्तो लाग्छ रु र किन रु
    छोटो समयमा तयारी गर्नका लागि उपयुक्त हुने गरी अहिले सामान्य ज्ञान (जिके सर्टबुक) बजारमा ल्याएको छु । त्यसमा प्रत्येक खण्डको अत्यावश्यक सामान्य ज्ञानलाई अन्य पुस्तकको भन्दा भिन्दै तरिकाले प्रस्तुत गरेको छु । खोजीको बानी विकास गराउन त्यसमा प्राक्टिस सेट पनि राखिएको छ । छोटो समय छ भने, अन्तिम नोटका लागि उपयुक्त हुने कन्सेप्ट अनुसार मैले त्यो पुस्तक बजारमा ल्याएको हुँ । तयारीका लागि थोरै समय हुनेका लागि एकदमै उपयुक्त हुन्छ भन्ने मेरो अपेक्षा हो ।

    आफूले अरुको पुस्तक पढ्दा र आफँले लेख्दा कस्तो अनुभव गर्नुभयो ?
    मैले धेरै पुस्तकको अध्ययन गरेको थिएँ, तसर्थ पुस्तक लेखनमा रुची पनि बस्यो । तयारीमा सफलता हात पार्न सहयोगी हुने गरी लेखन, संकलन, सम्पादन गर्दा छुट्टै सन्तुष्टिको अनुभूति हुँदोरहेछ ।

    तपाई जस्तै सरकारी कर्मचारी बन्ने सपना देखेका नयाँ विद्यार्थीहरुलाई तपाईको टिप्स ?

    मेरो पहिलो टिप्स भनेको लगाव राख्नुहोस् भन्ने हो । तपाईको लक्ष्य यही हो भने मात्र यता हात हाल्नुस्, नत्र दिई हेरौं न त भन्ने तरिकाले समयको बर्बादी मात्र हुन सक्छ । दोश्रो टिप्स भनेको विस्तृत अध्ययन गर्नुहोस्, आफुमा भएको ज्ञानलाई संस्थागत गर्नुहोस् । के हुन्छ भने दिनहुँ पढिन्छ तर कतिपय कुरा याद नै राखिन्न । जस्तो कि राष्ट्रिय निकुञ्जबारे अध्ययन धेरै गरिन्छ, तर राष्ट्रिय निकुञ्ज कुन जिल्लामा फैलिएको छ, याद गरिन्न । परीक्षामा त्यस्तो प्रश्न सोधिदियो भने त, त्यो त छुटयो नि त । त्यसैले ज्ञानलाई संस्थागत गर्नुपर्यो । लोकसेवाले कुन तरिकाले र के कस्तो प्रश्न सोधेको छ, त्यसको प्याटर्न पनि अध्ययन गर्दा तयारीका लागि के महत्वपूर्ण छ, त्यो पनि थाहा हुन्छ ।

    पछिल्लो समय मिति भन्दा डाटा बेस्ड प्रश्नहरु बढी सोध्न थालिएको छ । तसर्थ डाटाको राम्ररी अध्ययन गर्नुपर्‍यो । पढ्दा हाइलाइट गरेर पढने, Hook Words, Click Words बनाएर गरेर पढ्ने बानी बसालियो भने परीक्षामा सम्झन सजिलो हुन्छ । अचेल त सजिलो छ, विभिन्न वेभसाइट छन् विभिन्न पेजहरु छन्, विभिन्न एप्सहरु छन् तिनको माध्यमबाट पनि अध्ययन गर्न सकिन्छ । अनि, अचेलको मुख्य (जेन्युइन) समस्या भनेको फेसबुकको लत पनि हो, यो लत छुट्याउन सकिँदैन भने, यो लतको सदुपयोग गर्न सकिन्छ । आफ्नो अध्ययन अवधिभर लोकसेवासँग सम्बन्धित पेज मात्र लाइक गर्ने अनि त्यस्ता साथीसँग मात्र संगत गरियो भने तपाईलाई लोकसेवाप्रति केन्द्रित रहन मद्दत गर्दछ ।

    तयारी कसरी गर्ने ?
    तयारीका लागि समय व्यवस्थापन एउटा महत्वपूर्ण पाटो हो । कसैले छोटो र थोरै समयमा नाम निकालेका छन् भने कसैले धेरै प्रयत्न गर्दा पनि ननिकालेको उदाहरण छ । यसर्थ आफूलाई पायक पर्ने समयमा अर्थपूर्ण तवरले व्यवस्थित अध्ययन गर्नुपर्दछ । अर्को महत्वपूर्ण पाटो भनेको टार्गेट सेट गर्नु हो । म यसमा यतिसम्म सक्छु भनेर लाग्नु पर्‍यो । कसैलाई आइक्यू सजिलो लाग्ला कसैलाई जि.के., आफूलाई जे सजिलो लाग्छ, त्यसमा टार्गेट राख्ने र जे असजिलो लाग्छ त्यसमा पनि न्यूनत (मिनिमम) टार्गेट राख्ने हो भने तयारीलाई त्यही अनुसार बढाउन सकिन्छ ।

    लेखन कसरी सुधार्ने त, यसका लागि पहिलो कुरा भनेको अध्ययन नै हो । जति बढी अध्ययन गर्नुहुन्छ, त्यति बढी ज्ञान प्राप्त हुन्छ र त्यति नै बढी सम्झनु हुन्छ ।

    एउटा पाटोको मात्र तयारीले त सफलता हात लाग्दैन । सबै विषयमा औसत भइयो भने लोकसेवामा नाम निस्किन्छ भन्ने मलाई चाहिँ विश्वास छ । तेश्रो कुरा भनेको अध्ययनको विस्तार हो । धेरै भन्दा धेरै पढियो भने पक्कै पनि धेरै जानिन्छ । खोजीको बानीको विकास गर्न सकियो भने त्यसले रुची पनि जगाउँछ । मेरो के बानी थियो भने मलाई कुनै प्रश्न आएन भने म त्यसको बारेमा खोजी गर्थे, कुनै नयाँ कुरा सुनेँ भने त्यसको बारे खोजी गर्थे । कुनै विषयको बारेमा धेरै श्रोतबाट पढियो भने आधारभूत कुरा चाहिँ पक्कै बिर्सिदैन । नाम निकाल्ने कुनै सहज तरिका नि छैन र कुनै त्यस्तो कठिन तपस्या पनि गर्नुपर्दैन, यति हो अध्ययनको निरन्तरता र लगाव रहिरहनुपर्यो । नजानेर भन्दा नपढेर फेल भइन्छ, यो कुरा ख्याल गर्नुपर्‍यो, कतिपय कुरा त एकपटक देख्दा, सुन्दा, हेर्दा नै कण्ठस्थ पनि त हुन्छ नि त । त्यसैले बढी भन्दा बढी अध्ययन सामग्री पढनुहोस् र आधारभूत कुराहरुलाई आफूलाई सहज हुने तरिकाले सम्झनामा राख्नुहोस् ।

    परीक्षा कसरी लेख्ने ?
    लेखन अर्को समस्याको पाटो हो । कति लेख्ने ? कसरी लेख्ने ? के लेख्ने ? भनेर लोकसेवा तयारी गर्नेको मुख्य जिज्ञासाको विषय हो । लेखन कसरी सुधार्ने त, यसका लागि पहिलो कुरा भनेको अध्ययन नै हो । जति बढी अध्ययन गर्नुहुन्छ, त्यति बढी ज्ञान प्राप्त हुन्छ र त्यति नै बढी सम्झनु हुन्छ ।

    अध्ययन चाहिँ सकेसम्म विषयसँग मिल्ने सरकारी डकुमेन्ट, विज्ञको लेख पढनु भयो भने केही राम्रा शब्दावली, केही राम्रा सुझाव, केही राम्रा प्रस्तुति तपाईले भेटनु हुन्छ । यदि ती कुराले तपाईलाई हिट गर्छ भने त्यसलाई नोटमा टिप्नुहोस् र आफ्नो लेखनमा उपयुक्त ठाउँमा मिसाउनुहोस् । कुनै पनि विषयको कन्सेप्टमा राम्ररी फोकस हुनुपर्‍यो । कन्सेप्ट बुझ्नुभयो भने तपाईको मौलिक लेखाई पनि देखिन्छ । कन्सेप्ट नै बुझ्नुभएन भने मौलिकता झल्किन्न । प्रश्न एकातिर उत्तर एकातिर हुन्छ । कुनै विषयको आधारभूत कुरा र परिभाषालाई सकेसम्म कण्ठस्थ गर्नुहोस् । त्यस्ता कुरालाई क्लिक वर्ड, क्याची वर्ड, सूत्र बनाएर वा कसरी सम्झन सकिन्छ, सम्झने प्रयत्न गर्नुहोस् ।

    परिभाषा यो लेख्छु भनेर पहिले नै तय गर्नुहोस्, परिभाषामा मौलिकता त्यत्ति राम्रो हुन्न । परीक्षामा पढेको भन्दा सम्झेको कुरा लेखिने भएकाले बढी भन्दा बढी पढनुपर्‍यो, तर आधारभूत कुरा चाहिँ कण्ठस्थ नै पार्नुपर्दछ, आधारभूत कुरा भन्नाले परिभाषा, अवधारणा, प्रकार, व्यवस्थाहरु आदि हुन् । लेखन प्याराग्राफ भन्दा बुँदागत रुपमा लेख्दा राम्रो हुन्छ । लेख्दा सिलसिलेवार रुपमा एकदम महत्वपूर्णबाट क्रमशः कम महत्वपूर्णतिर लेख्दै जानुपर्दछ । जानेको जति भन्दा पनि सोधेको जति लेख्नुपर्ने भएकाले अंकभार अनुसार उत्तरको प्रस्तुतीकरण हुनुपर्‍यो ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १५:०७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij