Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

इजरायलमा हमासको आक्रमण : ९ नेपाली घाइते, २ को अवस्था गम्भीर

इजरायलमा हमासको आक्रमण : ९ नेपाली घाइते, २ को अवस्था गम्भीर


  • 3.7K
    Shares

    इजरायलमा हमासको आक्रमण : ९ नेपाली घाइते, २ को अवस्था गम्भीर
    images

    इजरायलमा भएको समूह हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हमासको आक्रमण लगत्तै फार्मममा काम गरिरहेका १४ जना नेपाली रहेको ठाउँमा आक्रमण भएको हो। 

    नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । थप अपडेटहरू निश्चित समयमा गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    नेपालीहरू पनि घाइते भएको खबरसँगै शनिबार साँझ परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक बसी सो घटनाबारेको जानकारी गराइएको हो। साथै, सरकारले इजरायल सरकारसँग नेपालको ऐक्यबद्धता रहेको पनि बताएको छ।

    ‘नेपाल सरकार इजरायलमा आज भएको आतंकवादी हमलाको घोर भत्सर्ना गर्दछ जसले बहुमूल्य मानवीय ज्यान गुमाउनुका साथै धेरै घाइते भएका थिए। यस महत्वपूर्ण घडीमा, हामी इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं,’ मन्त्रालयले भनेको छ।

    प्रकाशित मिति :आश्विन २० २०८० शनिवार - १९:२४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij