Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

६ वटी छोरी  निजामति सेवामा भएपछि भएन पीर,यी बाबु आमा जसले छ छोरीलाई प्रहरीमा खुवाए जागिर 

६ वटी छोरी  निजामति सेवामा भएपछि भएन पीर,यी बाबु आमा जसले छ छोरीलाई प्रहरीमा खुवाए जागिर 


  • 13.5K
    Shares

    ६ वटी छोरी  निजामति सेवामा भएपछि भएन पीर,यी बाबु आमा जसले छ छोरीलाई प्रहरीमा खुवाए जागिर 
    images

    नुवाकोटमा एकै परिवारका ६ दिदीबहिनी प्रहरीमा कार्यरत छन् । एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे भएको मानिसलाई विश्वास गर्न गाह्रो पर्छ । तर, यो सत्य हो । नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन् । इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली (असई) छिन् ।

    जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन । भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णुले अवकाश लिइसकेको अधिकारी परिवारले जनाएको छ । विष्णु अहिले यु ए ई मा अबुधाबी पुलिसमा कार्यरत छिन् ।

    विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन्, उनका छ छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् । तीन छोरी उपसचिव भइसकेका छन् त्यसैगरि दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा रहेका छन् । तीन छोरी जन्मेपछि परिवार नियोजन गर्न भनेर हिँडेका विदुर भट्टराईलाई कान्छी फुपूले रोकेकि थिइन् ।

    छोरीले मात्र पुग्छ र खोइ छोरा रु उनकी फुपूको प्रश्नरु थियो । भट्टराईका आमा बुबा पनि तीन छोरीले मात्र सन्तुष्ट थिएनन् । एउटा नाति त चाहियो’ भन्ने उनीहरूलाई पनि लाग्थ्यो, चार दशक अघिको कुरा हुन् । खोटाङ लामि डाँडामा जन्मेका विदुरले तीन वर्ष गाउँकै निमाविमा शिक्षक भएर काम गरेका थिए । त्यतिबेला गाउँको परिवेश सरकारी जागिरप्रति निकै आकर्षित रहेको थियो ।

    शिक्षकको जागिर भन्दा निजामती सेवामा जानुपर्छ भन्ने विदुरलाई पनि लागेको थियो । आमाबुबाको चाहना अनुरूप २०३४ सालमा उनी खरिदार बाट सरकारी जागिरमा पसेका थिए । सप्तरी, राज विराजमा भूमि सुधार कार्यालयमा उनको पहिलो जागिर शुरु भएको थियो । उनी सुब्बा हुँदै अधिकृत सम्ममा पुगे । केही वर्ष अघि अधिकृत पदबाटै रिटायर्ड भइसकेका हुन् ।

    पढाइ नै सर्वस्व स् उनी छोराछोरी बीच खासै वि’भेद कहिल्लै देख्दैनथे, तर परिवार, छरछिमेकले उनीबाट छोराको चाहना राखेको राम्रोसँग बुझेका थिए । अरूका लागि भए पनि छोरा जन्माइदिनुपर्ने बाध्यता र सामाजिक द’बाब उनी माथि रहेको थियो । उनकी पत्नी गंगादेवीले पनि छोरी मात्र जन्माउँदा निकै गुनासो सुन्नु परेको थियो । छोराकै आशमा छ बहिनी छोरी जन्मिएकि हुन् ।

    छोरा पर्खंदा-पर्खंदा छोरी जन्मे पनि भट्टराईका जोडीमा कहिल्यै दुःखी भएनन् । उनले छोरीहरूलाई पढाउने दृढ संकल्प गरिसकेका थिए । गंगा देवीलाई अरूका लागि छोरा जन्माइ दिन नसकेकोमा धेरै दुःखि महशुस लाग्थियो । आफ्नै गल्तीले परिवारको चाहना अनुसार छोरा जन्माउन नसकेको हो किरु जस्तो उनलाई लाग्थ्यो । छ कक्षामा पढ्दै गर्दा १४ वर्षमै उनको विवाह भएको थियो ।

    उनी १६ वर्षकी हुँदा जेठी छोरी जन्मिएकी थिइन् । २१ वर्षको उमेर सम्म पुग्दा उनले तीन छोरी जन्माइ सकेकी थिइन् । उनी भन्छिन्, तीनटी छोरी जन्मे पछि बल्ल आमा भएको महसुस गरेँको थिए । श्रीमान् को मात्रै जागिरमा रमाउन नचाहने उनी छोरीहरूलाई काममा भन्दा पढ्नमा जोड दिन थालिन् । सानैदेखि लगनशील, अनुशासित बन्न छोरीहरूलाई सिकाउथिन् ।

    आफूले पढ्न नपाए पनि छोरीहरूलाई पढाएर देशको सेवा गर्ने मान्छे बनाउने इच्छा उनको थियो । उनको इच्छा पूरा भएको अहिले परा भएको छ। गंगादेवी भन्छिन्, देश बनाउने छोरी बनून्, देशका सबै छोरीहरू विद्वान बनून्, हामिलाई छोरा र छोरीमा केही फरक छैन । विदुर आफैँ सरकारी जागिरे भएकाले उनले सरकारी जागिरको महत्व बुझेका थिए । त्यसैबेला महिला विकास कार्यालय धनकुटामा मुख्य महिला कार्यकर्ताको जागिर खुलेको थियो ।

    उनले छोरीलाई अह्राए । ठूली छोरी विष्णुले अस्थायीमा नाम निकालिन् । त्यतिबेला उनको परिवार खोटाङबाट सुनसरी बसाइँ सरेका थिए । ठूली छोरी पोशाक लगाएर अफिस जाँदा अरू छोरीहरूलाई प्रेरणा मिलेको भट्टराई बताउँछन् ।उनका अनुसार ठूली छोरीले जागिर खान थालेपछि अरूले पनि देखासिकी गर्न थालेका थिए । अरू छोरीहरूले पनि जागिर खानुपर्छ भन्ने सोच्न गर्न थाले, गंगादेवीले भन्छिन् ।

    भट्टराईलाई कुनै ठूला मान्छेसँग झुकेर, भनसुन गरेर छोरीहरूलाई जागिर खुवाउन मन थिएन । आफ्नै बलबुताले जागिरमा प्रवेश गरून् भन्ने उनको ठुलो इच्छा छोरीहरूले पूरा गरिदिए। ‘स्वदेशमै संघर्ष गरेर छोरीहरूले देशको सेवा गरून् भन्ने उनले सोच्थेँ । मेरो इच्छा उनीहरूले पूरा गरिदिए,’ विदुर भन्छन्,‘छोरा जन्माइनस् भन्नेलाई छोरीहरूले गतिलो झापड दिएका छन् ।’

    दिदीको बाटोमा सबै बहिनी स् उनको परिवारमा रहेकि पढाइमा मेहनती छोरीहरूले पालै पालो लोकसेवा आयोगको परीक्षा दिए र नाम निकाल्दै गए । बहिनी निजामती सेवामा प्रवेश गरे, तीन छोरी उप सचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । ‘पैसा कमाउन,पढ्न विदेश जाने चलनलाई हाम्रा छोरीले पछ्याएनन्,’ विदुरले भन्छन् ।

    उनले विदेश जाने ज्वाइँ कहिल्यै रो’जेनन्, विदेश बस्न रुचाउनेलाई छोरी माग्न आउँदा पनि दिएनन् । ‘छोरीहरूले देश सेवा गरि रहेका छन्, ज्वाइँ पनि त्यस्तै होऊन् भन्ने उनि चाहन्थेँ,’ विदुर भन्छन् । उनले सोचे जस्तै भयो, उनका पाँच जना ज्वाइँ निजामती कर्मचारी नै छन् । एक जना प्राइभेट बैंकमा कार्यरत छन् । घरमा दिदीबहिनीको भेट हुँदा प्रशासनिक, राजनीति, समसामयिक विषयमा सधै छलफल हुन्छ । चार्डबार्डमा छोरीज्वाइँ घरमा आउँछन् ।

    सबै निजामती कर्मचारी भएकाले सबैको बिदा एकैदिनमा मिल्छ, बिदामा सबै जना घुम्न जान्छन् । भट्टराई दम्पती छोरीहरू अझै ठूलो पदमा पुगेर देशको सेवा गरून् भन्ने चाहना राख्छन् । नाति नातिना हेरिदिएर छोरीहरूको काममा उनीहरूले सघाउने गरेका छन् । मेरा छ जना छोरी सेतो सर्ट, नीलो प्यान्टमा ठाँटिएर अफिस जाँदा भट्टराई दम्पती गर्व महसुस गर्छन् ।

    छोरी मात्र होइन, उनका पाँच जना ज्वाइँ पनि निजामती सेवामै कार्यरत छन् । छोरीहरू पालैपालो सरकारी जागिरमा प्रवेश गर्दा घरको वातावरण नै अध्ययनशील बनेको उनीहरू बताउँ छन् । एकपछि अर्को छोरीले पहिलो प्रयासमै निजामतीमा प्रवेश गरेको देख्दा गर्व गर्छन् भट्टराई दम्पती ।

    विदुरको चाहना रहेको छ, छोरीज्वाइँले आफ्नो कामको दायित्व अनुसार निष्पक्ष तरिकाले जनतालाई सेवा दिन सकून्, कुनै आर्थिक प्रलोभनमा नपरी देशको सेवा गरून् । सामान्य रूपमा जीवन गुजाराका लागि सरकारले तलब दिएको छ । कुनै पनि आर्थिक प्रलो भनमा नपरी मेरा छोरीज्वाइँले जनतालाई छिटो छरितो सेवा दिऊन् मेरो इच्छा यति नै रहेको छ ।

    सरकारी जागिरे छोरीहरू

    विष्णुकुमारी भट्टराई (जेठी) प्रमुख, पाँचखाल नगरपालिका काभेपलान्चोक : उनी सानैदेखि नेतृत्व लिने स्वभावकी थिइन। उनले २०४९ देखि अस्थायी बनेर सरकारी सेवामा प्रवेश गरिन् । तीन वर्षसम्म धनकुटामा मुख्य महिला कार्यकर्ता बनेर अस्थायी रूपमा काम गरिन् । २०५५ सालदेखि खरिदारबाट लोकसेवा पास गरी निजामतीमा प्रवेश गरेकी हुन् । उनको पहिलो जागिर गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट शुरु भएको हो ।

    हाल उनी नयाँ संरचना अनुसार बनेको नगरपालिका प्रमुख हुन् । उनका श्रीमान् चन्द्रप्रसाद फुँयाल उपसचिवबाट अवकाश पाईसकेका छन् । उनले सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी बनेर डेढ वर्ष काम गरिन् । घरेलु तथा साना उद्योग कार्यालय भक्त पुरमा प्रमुख बनेर काम सम्हालि रहेकेकी छिन् ।

    विन्दा आचार्य (माइली), उपसचिव : २०५५ सालमा मुखिया पदबाट जिल्ला हुलाक कार्यालय ललितपुरबाट काम शुरु गरेकी थिइन्, उनले स्वास्थ्य मन्त्रालय, पर्यटन कार्यालय सोलुखुम्बु नाम्चेमा कार्यालय प्रमुख रहेर काम गरिसकेकी छिन् । उनका श्रीमान् गणेश आचार्य उपसचिव हुन् ।

    रमा भट्टराई (साइँली), उपसचिव : खरिदार पद गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन्, रमाले। उनले वर्गेन युनिभर्सिटीबाट मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन सकेकी छिन् । यसअघि राष्ट्रिय योजना आयो गमा काम गरिसकेकी उनले वैदेशिक रोजगार विभागमा समेत काम गरेकी थिईन, उनका श्रीमान् कोषहरि निरौला मोरंगको प्रमुख जिल्ला अधिकारी हुन् ।

    रेनु भट्टराई (काइँली), शाखा अधिकृत : रेनुले भने सिन्धुपाल्चोक जिल्लामा गाविस सचिवमा जागिर शुरु गरेकी थिइन् । उनले शाखा अधिकृतबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन् । हाल उनी करदाता सेवा कार्यालय न्यूरोडमा कर अधि कृतको रूपमा कार्यरत छिन् । उनका श्रीमान् चिरञ्जीवी तिलम्सिना उपसचिव हुन् ।

    अनु भट्टराई (राइँली) : नेपाल एयरलाइन्समा अकाउन्टेन्ट पदमा कार्यरत छिन्, दिदीहरूको प्रेरणाले सरकारी जागिरमा प्रवेश गरेकी उनी पहिला विराटनगरमा सहकारी सञ्चालन गरेर बसेकी थिइन् । दिदी बहिनीको प्रेरणाले एक वर्षअघि सर कारी सेवामा आएकी हुन् । उनका श्रीमान् विराटलक्ष्मी बैंक चन्द्रगढी, झापामा म्यानेजरका रूपमा कार्यरत छन् ।

    जुनु भट्टराई (कान्छी) : सुब्बामा छिन उनका श्रीमान् मिलन कार्की शाखा अधिकृत छन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १२:४१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij