Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार


  • 2.5K
    Shares

    जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

    यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहमदीले जितेकी छन्। महिला अधिकार र मृत्युदण्डको अन्त्यका लागि सक्रिय मानवअधिकारकर्मी मोहमदी जेलमा छिन्।

    ‘इरानमा महिलाको शोषणविरुद्धको संघर्ष र सबैका लागि मानवअधिकार प्रबर्द्धनमा उनले गरेको लडाइँका लागि’ उनलाई पुरस्कृत गरिएको नोबेल कमिटीले जनाएको छ।

    उनी हाल तेहरानको एभिन जेलमा छिन्। उनलाई विभिन्न आरोपमा १२ वर्षको सजाय दिइएको छ। राज्यविरुद्ध प्रचार गरेको लगायत आरोप उनीमाथि लगाइएको थियो। 

    सन् २००३ मा नोबेल पुरस्कार जितेकी सिरिन एबादी नेतृत्वको डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी उपाध्यक्ष पनि हुन् मोहमदी।

    नोबेल शान्ति पुरस्कारको १२२ वर्षको इतिहासमा यो पुरस्कार जित्ने उनी १९ औँ महिला हुन्। पुरस्कारको राशि गरिब १० लाख डलर छ। जुन डिसेम्बर १० मा नर्वेको ओस्लोमा वितरण गरिनेछ। एजेन्सी 

     

    प्रकाशित मिति :आश्विन १९ २०८० शुक्रवार - १४:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij