Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

यी हुन् प्रचण्डलाई कठै भन्दै ओली संगै सति जान राजी भएका मन्त्री, ओलीलाई कतिले हाले सोडा ?

यी हुन् प्रचण्डलाई कठै भन्दै ओली संगै सति जान राजी भएका मन्त्री, ओलीलाई कतिले हाले सोडा ?


  • 6.0K
    Shares

    यी हुन् प्रचण्डलाई कठै भन्दै ओली संगै सति जान राजी भएका मन्त्री, ओलीलाई कतिले हाले सोडा ?

    काठमाडौं । नेकपा विभाजनका बेला केपी शर्मा ओली समूहतिरै घोषित रुपमै प्रवेश गरी मन्त्री भएका पूर्व माओवादी नेताहरु ‘एमाले’तिरै रहने भएका छन् । मन्त्रिपरिषद्‌मा पूर्व माओवादीका सात नेताहरु मन्त्री छन् ।

    सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र बिऊँझाएपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा उनीहरुले दल त्याग ऐनअनुरुप ‘संसद्‌ सदस्यता’ गुम्‍ने स्थिति आए पनि आफूहरु ‘यतै’ रहने वचन दिएका हुन् ।

    ‘बरु हाम्रो संसद सदस्यता जाओस्, त्यसमा केही फिक्री छैन’ ओली निकट एक नेताले उनीहरुको भनाइ उद्धृत् गर्दै भने, ‘हामी एमालेतिरै हुन्छौँ प्रधानमन्त्री ज्यू ।’ ती नेताका अनुसार, ‘जुन बिन्दुमा आवश्यक पर्छ, त्यो बिन्दूमा गएर हामी सांसद पद छाड्छौँ, तर प्रधानमन्त्री ओलीलाई छाड्दैनौँ भन्‍ने अडान व्यक्त गरिसकेका छन् ।’

    माओवादी केन्द्रका प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी पाँच जना सदस्यहरु मन्त्रिपरिषद्‌मा सामेल छन् । ओली मन्त्रिपरिषद्‌मा सामेल तीन जना संसद्‌ सदस्य छैनन् । सांसद नरहेका मन्त्रीहरूको हकमा माओवादी केन्द्रले दल त्याग लगाउन सक्ने स्थिति रहेन ।

    माओवादी केन्द्रका शक्तिशाली नेता रामबहादुर थापा गृहमन्त्री छन् । उनी राष्ट्रिय सभा सदस्य हुन् । प्रतिनिधि सभामा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री छन् । कैलाली-४ बाट निर्वाचित लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छन् । रौतहट-३ बाट निर्वाचित प्रभु शाह सहरी विकास मन्त्रीमा छन् । त्यस्तै कैलालीबाट निर्वाचित सांसद गौरीशंकर चौधरी श्रममन्त्री छन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १२:०२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij