Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमाले ब्युँतिए पनि ओलीलाई गौंडा-गौंडामा यसरी लाग्छ तगारो, यिनले यसरी पार्छन गाह्रो 

एमाले ब्युँतिए पनि ओलीलाई गौंडा-गौंडामा यसरी लाग्छ तगारो, यिनले यसरी पार्छन गाह्रो 


  • 6.5K
    Shares

    एमाले ब्युँतिए पनि ओलीलाई गौंडा-गौंडामा यसरी लाग्छ तगारो, यिनले यसरी पार्छन गाह्रो 

    काठमाडौं । सर्वोच्च अदालतको हिजोको आदेशपछि नेकपाको अवस्था एकीकरणअघि पुगेर पूर्ववत एमाले र माओवादी केन्द्र कायम रहँदा पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली स्थायी समिती र पोलिटब्यूरोभित्र अल्पमतमा पर्ने प्रस्ट देखिएको छ । त्यो अवस्थामा पनि उनले एमालेभित्र आफू अनुकूल निर्णय गर्न सक्ने स्थिति देखिन्न ।

    संसदीय  दलको हकमा भने अध्यक्षको हैसियतले टिकट आफै बाँडेको हुँदा बहुमत ओली सङ्गै छ,त्यसमाथि समानुपातिकलाई फकाउन खासै गाह्रो हुन्न । पाँच जना सचिवमध्ये प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङबाहेक गोकर्ण बिष्ट,भीम आचार्य र योगेश भट्टराई ओलीको विपक्षमा रहँदै आएका छन्। 

    तत्कालीन एमाले अध्यक्ष केपी ओली भएपनि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल दुवैजना ओलीको  विपक्षमा छन्  । त्यसैगरी पाँचजना उपाध्यक्षमध्ये बिध्या भण्डारी राजीनामा दिएर रास्ट्रपति बनिसकेकोले स्पष्टसँग तीनजना नेपालतर्फ देखिएका छन् । वामदेव गौतमलाई न यता न उताको अवस्थामा गणना गरेपनि प्रधानमन्त्रीको विपक्षमा अष्टलक्ष्मी शाक्य,भीम रावल र युवराज ज्ञवाली छन्  ।

    महासचिव ईश्वर पोखरेल एकजना ओली समूहमा छन्  भने उपमहासचिव दुई जनामध्ये घनश्याम भुसाल नेपालतर्फ र विष्णु पौडेल ओलीतर्फ छन् । पाँचजना उपाध्यक्षमध्ये बिध्या भण्डारी राजीनामा दिएर रास्ट्रपति बनिसकेकोले स्पष्टसँग तीनजना नेपालतर्फ देखिएका हुन्। 

    त्यसैगरी चार जना सचिवमध्ये प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङबाहेक अरु सबै नेपालतर्फका छन्  । गोकर्ण बिष्ट,भीम आचार्य र योगेश भट्टराई ओलीको विपक्षमा रहँदै आएका छन्  ।

    त्यसैगरी,पार्टी केन्द्रीय समितिमा पनि नेपालको पक्षमा चालिस प्रतिशत सदस्य रहेकाले ओली पक्षलाई त्यति सहज देखिँदैन । अर्कोतर्फ,पुरानो एमाले ब्युँतिदा प्रधानमन्त्री ओली समूहलाई अर्को कानुनी सकस र झमेला आइपर्ने निश्चित छ । किनभने एकीकरणको कारण पार्टीको महाधिवेशन गर्नुपर्ने म्याद एक बर्ष गुज्रिसकेको छ । तसर्थ,एमाले ब्युँताइएको अवस्थामा आगामी छ महिनाभित्र महाधिवेशन गर्नैपर्ने हुन्छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - ११:५२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij