Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

मिलाएर दिन सिपालु ओलीले माधव नेपाललाई यसरी दिएछन् जन्मदिनको शुभकामना, माधवले के भने ?

मिलाएर दिन सिपालु ओलीले माधव नेपाललाई यसरी दिएछन् जन्मदिनको शुभकामना, माधवले के भने ?


  • 8.0K
    Shares

    मिलाएर दिन सिपालु ओलीले माधव नेपाललाई यसरी दिएछन् जन्मदिनको शुभकामना, माधवले के भने ?

    काठमाडौं । हिजो देखि चर्चाको चुलीमा रहेका माधव नेपाल प्रधानमन्त्री ओलीका कारण थप चर्चामा छन् । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता सम्वन्धमा हिजो फैसला सुनाएपछि चर्चामा छन् माधवकुमार नेपाल । तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि नेपाल ‘यता न उता’ बनेको टिप्पणी भइरहेको छ ।

    आफ्नो लागि स्तब्धकारी फैसला आउँदा संयोगले माधव नेपाल जन्मदिनको खुशीयाली मुडमा थिए । पार्टीका नेता(कार्यकर्तादेखि शुभचिन्तकसम्मको शुभकामना ग्रहण गरिरहेका थिए । शुभकामना दिनेमध्ये एक थिए, प्रधानमन्त्री केपी शर्मा ओली ।

    ओलीले हिजो बिहानै नेपाललाई फोन गरेर ‘बर्थडे विस’ गरेको स्रोतले बतायो । जवाफमा नेपालले धन्यवाद दिए ।

    ओलीले भनेका थिए, ‘तपाईंको बर्थ डे केक काटेर धुमधामले मनाउन मन थियो, तर तपाईं मेरो अनुहारै हेर्न चाहनुहुन्न, भौतारिएर कताकता हिँड्नु भएको छ ।’

    उनीहरूको फोन संवाद सुनेका नेता सुवास नेम्वाङले ओलीलाई कटाक्ष गरे ।

    ‘तपाईंहरुको भित्रभित्र यत्रो हिमचिम रहेछ, जन्मदिनमा बिहानै सम्झेर फोन गर्नुहुँदो रहेछ । बाहिर चाहिँ किन एकअर्कालाई देखि नसहेझैं गर्नुहुन्छ रु’ नेम्वाङले भने । ओली मुसुमुसु हाँसे मात्र ।

    नेम्वाङले दिउँसो आफैं माधव नेपाललाई फोन गरेर जन्मदिनको शुभकामना दिए । नेपालले गलल हाँस्दै धन्यवाद ज्ञापन गरे ।

    यो शुभकामना आदानप्रदान सर्वोच्चले एमाले र माओवादी ब्युँताउने फैसला सुनाउनुभन्दा अगाडिको हो । फैसलापछि ओली र नेपाल दुवै एउटै पार्टीका भएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - ११:४४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij