Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सर्‍यो

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सर्‍यो


  • 5.5K
    Shares

    प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सर्‍यो

    काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ ।

    सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको उनले जानकारी दिए ।

    सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न दाहाल-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।

    अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि प्रवक्ता श्रेष्ठले बताए ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १०:४५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij