Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

पाकिस्तानमा बम विस्फोट हुँदा मृतकको संख्या ६५ पुग्यो, भारतको संलग्नताको आरोप

पाकिस्तानमा बम विस्फोट हुँदा मृतकको संख्या ६५ पुग्यो, भारतको संलग्नताको आरोप


  • 5.8K
    Shares

    पाकिस्तानमा बम विस्फोट हुँदा मृतकको संख्या ६५ पुग्यो, भारतको संलग्नताको आरोप
    images

    पाकिस्तानमा गत शुक्रबार मस्जिदबाहिर दुईवटा आत्मघाती बम विस्फोटन हुँदा मृतकको संख्या ६५ पुगेको छ । यस्तोमा पाकिस्तानले भारतको खुफिया एजेन्सी ‘रअ’ को पनि यो आक्रमणमा संलग्नता भएको आरोप लगाएको छ ।

    पाकिस्तान बलोचिस्तान प्रान्तका गृहमन्त्री सर्फराज बुगतीले भनेका छन्, ‘हाम्रा सेना र अन्य संस्थाहरूले संयुक्त रूपमा यस आक्रमणमा संलग्न तत्त्वहरूलाई आक्रमण गर्नेछन् । पछिल्लो विस्फोटनमा भारतको गुप्तचर एजेन्सी रअको पनि संलग्नता छ ।’

    उनले भारतको गुप्तचर संस्था पाकिस्तानमा भएको आक्रमणका कसरी जिम्मेवार छ भनेर खुलाएका छैनन् । भारतले पनि यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

    अहिलेसम्म कुनै पनि समूहले शुक्रबारको आक्रमणको जिम्मा लिएको छैन । प्रहरीले उक्त आक्रमणबारे अनुसन्धान गरिरहँदा पाकिस्तानले भारतको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको छ ।

    शनिबार मात्र पाकिस्तानका सेना प्रमुख असिम मुनिरले क्वेटा पुगेर आतंकवादीको कुनै धर्म र विचारधारा नहुने बताउँदै देशका दुस्मनलाई जवाफ दिने बताएका थिए । 

    प्रकाशित मिति :आश्विन १४ २०८० आइतवार - १२:११:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij