Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

पार्टी एकीकरण नै गर्ने भए ओली-प्रचण्ड आयोग जानुपर्ने, नगए एमाले र माओवादी केन्द्रै कायम हुने ! 

पार्टी एकीकरण नै गर्ने भए ओली-प्रचण्ड आयोग जानुपर्ने, नगए एमाले र माओवादी केन्द्रै कायम हुने ! 


  • 6.0K
    Shares

    पार्टी एकीकरण नै गर्ने भए ओली-प्रचण्ड आयोग जानुपर्ने, नगए एमाले र माओवादी केन्द्रै कायम हुने ! 

    सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ ।

    न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला आइतवार सुनाएको हो ।

    साथै सर्वोच्चले एकीकरण अघिका साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा कायम रहने फैसला पनि सुनाएको छ ।
    पुनस् एकीकरण गर्ने हो भने निर्वाचन आयोगमा पुनस् जानुपर्ने पनि फैसलामा उल्लेख छ ।​

    निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' अध्यक्ष रहेको दल दर्ता गरेपछि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता थियो ।

    157884032_436992177581597_1636061367816574990_n.jpg

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १५:३३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij