Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरे सन्दीप लामिछाने

एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरे सन्दीप लामिछाने


  • 2.2K
    Shares

    एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरे सन्दीप लामिछाने

    एसियाली खेलकुद (एसियन गेम्म) मा सहभागिताका लागि क्रिकेटर सन्दीप लामिछाने चीनतर्फ उडेका छन्। उनी घाइते भएका ललित राजवंशीको स्थानमा बोलाइएका अर्का क्रिकेटर सागर ढकालसँगै चीनतर्फ उडेका हुन्। 

    नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र पूर्वकप्तासमेत रहेका सचिव पारस खड्कासँगको छलफलपछि उनी चीनको हाङजाओमा हुने एसियाड खेल्न तयार भएका थिए। प्रशिक्षणका क्रममा ललित घाइते भएपछि राष्ट्रिय टोलीमा बोलाइएका सागर ढकालले पनि यो पटकको एसियाडमा देशको प्रतिनिधित्व गर्दैछन्। 

    नेपाली राष्ट्रिय क्रिकेट टोली भने आइतबार नै चीन गइसकेको छ। बलात्कार अभियोग लागेका लामिछाने भने त्यही दिन मुद्दाको पेसी परेकाले टोलीसँगै जान पाएनन्। तर न्यायाधीश नभएको भन्दै काठमाडौं जिल्ला अदालतले मुद्दाको सुनुवाइ स्थगन गरेपछि उनी चीन जाने बाटो खुलेको थियो। 

    क्यानले हिजै (सोमबार) का लागि चीन जाने टिकट काटे पनि अध्यक्ष चन्द र सचिव खड्कासँग सन्दीपको सोमबार राति ९ बजे छलफल चलेको थियो। त्यहीकारणा उनको चीन प्रस्थान तालिका बिथोलिएको थियो। क्यानका अध्यक्ष चन्द र सचिव खड्काले अन्तर्राष्ट्रिय खेलमा उनको पनि योगदान आवश्यक भएको भनेर सम्झाएपछि सन्दीप चीन जान तयार भएका थिए। 

    ‘उहाँहरूले नेपाली क्रिकेटलाई माथि उठाउने भावी योजनाहरू सुनाउँदै त्यसमा सन्दीपको योगदान महत्त्वपूर्ण हुने बताउनुभएछ र यो अन्तर्राष्ट्रिय खेल भएकाले जसरी पनि जान आग्रह गर्नुभएछ’, सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने। त्यस क्रममा क्यानका अध्यक्ष चन्द र सचिव खड्काले अदालतबाट राम्रै फैसला आउने शुभेच्छासमेत दिएर सन्दीपको हौसला बढाएका थिए।

    काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि भनेर पटक पटक पेसी तोके पन विभिन्न कारण सुनुवाइ स्थगन हुने क्रम जारी छ।  

    प्रकाशित मिति :आश्विन ९ २०८० मंगलवार - ११:५१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij