Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेकपा कट्टेलको पोल्टामा पुगेपछि अब एमाले र माओवादी केन्द्र ब्युँतिने कि ब्युँताईने ?

नेकपा कट्टेलको पोल्टामा पुगेपछि अब एमाले र माओवादी केन्द्र ब्युँतिने कि ब्युँताईने ?


  • 6.6K
    Shares

    नेकपा कट्टेलको पोल्टामा पुगेपछि अब एमाले र माओवादी केन्द्र ब्युँतिने कि ब्युँताईने ?

    काठमाडौं । ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी अस्तित्वमा हुँदा हुँदै नेकपा बनाएर आयोगमा दर्ता भएको भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा आज फैसला भएको छ ।

    न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले  ऋषि कट्टेललाई आधिकारिकता दिने फैसला सुनाएको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र  पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादीबीच भएको एकतालाई बदर गरेको छ । योसँगै वर्तमान नेकपाको अस्तित्व यो रुपमा नरहने भएको छ ।

    यसअघि १३ फागुनमा न्यायाधीशहरु श्रेष्ठ र रेग्मीको इजलासले २० फागुनमा फैसला गर्ने भनेकोमा पूर्व प्रधानन्यायधीश सुरेन्द्रप्रसाद सिंहको निधनले स्थगित भएको थियो । आज उक्त मुद्दाको फैसला सुनाएको हो ।

    कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेका थिए । जेठको पहिलो हप्तामै नेकपा एकीकारण  भएको थियो । अब कट्टेले दायर गरेको मुद्दाको पक्षमा फैसला भए पछि  नेकपा विगतमा जस्तै एमाले र माओवादी केन्द्रको अवस्थामा पुग्न सक्छ । त्यतिबेला सुर्य चिन्ह एमालेको थियो ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १५:१३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij