Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

दुई रात काठमाडौंमा सुतेर आज सुटुक्कै उपत्यका छोडेर कता हान्निए विप्लब, किन बुझाएनन् हतियार ?

दुई रात काठमाडौंमा सुतेर आज सुटुक्कै उपत्यका छोडेर कता हान्निए विप्लब, किन बुझाएनन् हतियार ?


  • 7.8K
    Shares

    दुई रात काठमाडौंमा सुतेर आज सुटुक्कै उपत्यका छोडेर कता हान्निए विप्लब, किन बुझाएनन् हतियार ?

    काठमाडौं । सरकारसँग गरिएको तीन बुँदे सम्झौता समारोहलाई सम्बोधन गर्न शुक्रबार नवलपरासी हुँदै राजधानी छिरेका नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज मध्यान्ह १२ बजे थानकोट नागढुंगा नाकाबाट बाहिरिएका छन् ।

    लु २ च २६६३ को सवारी साधन प्रयोग गरेर विप्लवले उपत्यका छाडेको सरकारी स्रोतले समेत पुष्टि गरेको छ । लाजिम्पाटस्थित एउटा भाडाको फ्ल्याटमा दुई दिन बसेपछि सडक मार्ग हुँदै आएका विप्लव त्यसैगरी आफ्नो आधार क्षेत्रतर्फ फर्किएको विप्लव स्रोतले बताएको छ । दुई रात तीन दिन काठमाडौं बसाईंपछि नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले उपत्यका छाडेका हुन  । 

    विप्लव पार्टी कार्यक्रममा सक्रिय भएका छन् । उनी २४ फागुनमा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कपिलवस्तुको शिवगढीमा आयोजना हुने अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि उनी काठमाडौंबाट बाहिरिएका हुन् ।

    शान्ति सम्झौताका लागि विप्लव शुक्रबार काठमाडौं आएका थिए । उनले तीन दिन महत्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेपछि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा भएको शान्ति सम्झौतामा सहभागिता जनाएका थिए । उनले गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि भेटेका थिए ।

    नख्खु कारागारमा पुगेर शनिबार पुगेर आफ्नो पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनसँग भेटेका थिए । विप्लवले पार्टीका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुसँग पनि भेटघाट गरेका थिए । विप्लवले नेकपा दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि भेटेका थिए ।

    विप्लवले आइतबार विहान चार कम्युनिस्ट घटकको संयुक्त रणनैतिक मोर्चाका नेताहरुसँग पनि भेटेका थिए । भेटमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, सीपी गजुरेल, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता आहुतीसँग भेटेका थिए । बिप्लबले हतियार नबुझाएको भन्दै चर्को आलोचना हुन थालेको छ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १४:४८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij