Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

संसद् बैठकको कार्यसूचीमा एकाएक भयो फेरबदल, प्रचण्ड-माधव किन पुगे सभामुखको शरणमा ?

संसद् बैठकको कार्यसूचीमा एकाएक भयो फेरबदल, प्रचण्ड-माधव किन पुगे सभामुखको शरणमा ?


  • 6.5K
    Shares

    संसद् बैठकको कार्यसूचीमा एकाएक भयो फेरबदल, प्रचण्ड-माधव किन पुगे सभामुखको शरणमा ?

    काठमाडौं । प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ।

    नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा सभामुखले अन्य कार्यसूची नराख्न निर्देशन दिएका हुन् ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ ।

    संसद सचिवालयले नेकपा विभाजनमा आधिकारिता नआई संसदीय दलको नेता परिवर्तन सम्बन्धी पत्राचारलाई मान्न नसकिने बताएलगत्तै प्रचण्ड-माधव पक्षीय शीर्ष नेताहरुले संसदका महासचिवलाई भेटेका छन् ।

    सिंहदरवारमा केहीबेरमात्र बसेको आफू पक्षीय सांसदहरुको बैठकपछि प्रचण्ड,मधव नेपाल र झलनाथ खनाल सहितका नेताहरु संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलाई भेट्न उनको कार्यकक्षमा पुगेका हुन् ।

    आफूहरुले दलको नेताबाट केपी ओली सहित उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीमाथि गरिएको कारवाहीलाई मान्यता दिलाउन प्रचण्ड-माधव पक्षले सचिवालयलाई दबाब दिइरहेको छ ।

    ११२ जना सांसदको हस्ताक्षरसहित अहिलेसम्म आफूहरुले गरेका निर्णयलाई मान्यता दिन प्रचण्ड-माधव पक्षले महासचिवलाई आग्रह गरेको छ । बहुमत सांसद आफूहरुसँग रहेकाले सोही बमोजिम हुनुपर्ने भन्दै उनीहरुले सचिवालयलाई पत्र दिएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १४:१८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij