काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ । शुक्रवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो ।
महासंघले महिलाहरुले उत्पादित सामग्री प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताएको छ । पत्रकार सम्मेलनमा महासंघका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिवद्ध साना तथा मझौला व्यवसायीहरुलाई एकीकृत रुपले एकतावद्ध गराउने उद्देश्य रहेको बताए ।
।मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामानहरु हस्तकला,लत्ताकपडा,कस्मेटिक सामग्री,दैनिक उपभोग्य सामानहरु,खाद्यान्न सामग्री,नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन,काष्ठजन्य घर सजावटका सामग्री,विभिन्न आर्टहरु प्रदर्शनीमा राखिने बताए। उनले प्रदर्शनीमा ७० वटा स्टल राखिने छ ।
महासंघले महिला उद्यमी मेलामा राष्ट्रिय कलाकारहरुबाट विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु समेत हुने जनाएको छ । मेलामा महिला उद्यमीहरुले स्टल राख्नको लागि उत्साहित देखिएको भन्दै ७० वटै स्थलहरु बुक भइसकेको महासंघले जनाएको छ ।