Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आइएमई पे र कान्तिपुर सिनेमाबिच भुक्तानी साझेदारका लागि यस्तो सम्झौता

आइएमई पे र कान्तिपुर सिनेमाबिच भुक्तानी साझेदारका लागि यस्तो सम्झौता


  • 1.9K
    Shares

    आइएमई पे र कान्तिपुर सिनेमाबिच  भुक्तानी साझेदारका लागि यस्तो सम्झौता
    images

    काठमाडौँ  ।  नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले कान्तिपुर सिनेमास्सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ। सो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रूपमा हुनेछ । 

    कान्तिपुर सिनेमास् एक ओ टी टी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृङ्खलाहरूलाई स्ट्रेमिङ् सेवा प्रदान गरिन्छ । आइएमई डिजिटल सोलुसनकोतर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    ‘आइएमई पे’ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। 

    नेपाल राष्ट्र बैङ्कको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। 

    यसले व्यक्ति व्यक्ति बिचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ। 

    उक्त मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैङ्किङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैङ्किङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। 

    २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ। 

    प्रकाशित मिति :भाद्र १२ २०८० मंगलवार - १५:१७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij