Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंकका ग्राहकहरूलाई हार्ड रक क्याफेमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकहरूलाई हार्ड रक क्याफेमा १५ प्रतिशतसम्म छुट


  • 2.3K
    Shares

    सिटिजन्स बैंकका ग्राहकहरूलाई हार्ड रक क्याफेमा १५ प्रतिशतसम्म छुट

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित हार्ड रक क्याफेबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई हार्ड रक क्याफमा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    उक्त सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - १७:१९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij