Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कैदीबन्दी मृत्यु प्रकरण: छ दिनपछि आफन्तले शव बुझे, कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ

कैदीबन्दी मृत्यु प्रकरण: छ दिनपछि आफन्तले शव बुझे, कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ


  • 3.2K
    Shares

    कैदीबन्दी मृत्यु प्रकरण: छ दिनपछि आफन्तले शव बुझे, कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ

    सङ्खुवासभा ।  सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् । 

    चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

    कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा प्रमुख चौधरीलाई आइतबार पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरी निरीक्षक खनालले बताए । पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी थियो ।

    कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । शनिबार जिल्ला प्रहरी कार्यालयमा कारागार निमित्त प्रमुख (जेलर) घिमिरे र प्रहरी सहायक निरीक्षक चौधरीविरूद्ध जाहेरी परेको थियो ।

    उक्त जाहेरी परेपछि प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरे र चौधरीविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन । यस घटनामा अन्य व्यक्तिको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको छ । पक्राउ पुर्जी जारी भएका कारागारका निमित्त प्रमुख घिमिरेलाई पक्राउ गरेर अनुसन्धान बढाइने प्रहरीले जनाएको छ ।

    छ दिनपछि आफन्तले शव बुझे

    कुटपिटबाट मृत्यु भएको कैदी तोलाङ्गी र बलामीका आफन्तले छ दिनपछि शव बुझेका छन् । किटानी जाहेरीपछि शनिबार शवको परीक्षण गरिएको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोप लागेका कारागारका निमित्त प्रमुख घिमिरे र प्रहरी सहायक निरीक्षक चौधरीको नाम सार्वजनिक गरेपछि मृत्तकका आफन्तले आज शव बुझेका हुन् ।

    पीडित पक्षले शव हेर्दा रडले कुटपिट गरेको, शरीरभरी निलडाम भएको, हत्या भएको आधार देखिएपछि कारागार प्रमुख र कारागारका सुरक्षाकर्मी विरूद्ध मृतकका आफन्तले जाहेरी दिएका थिए । घटना लगत्तै गृह मन्त्रालयले यही साउन २४ गते छानबिन समिति गठन गरेको थियो । 

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १५:३१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij