२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । भारतको हिमाचलको राजधानी सिमलामा रहेको एक मन्दिरमा पहिरो जाँदा २५ जनाभन्दा बढी भग्नावशेषमा पुरिएका छन्।
अविरल वर्षाका कारण शिवबावडी मन्दिर पहिरो गएको हो। हालसम्म २ बालबालिकासहित ५ जनाको शव निकालिएको छ। बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको भारतीय सञ्चार माध्यमले लेखेका छन्।
यो मन्दिर सिमलाको उपनगर बालुगञ्ज क्षेत्रमा छ। साउन सोमबारका कारण मन्दिरमा बिहानैदेखि भीड लागेको थियो। धेरै परिवार दर्शन गर्न गएका थिए।
भारी वर्षाका कारण उद्धार कार्यमा समस्या भएको छ। पहाडबाट अझै ढुंगा खसिरहेका छन्। भग्नावशेषसँगै मन्दिरको माथि चारदेखि पाँच वटा रूख पनि ढलेका छन्। यहाँ अझै धेरै क्षति भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरी र स्थानीय बासिन्दा उद्धारमा जुटेका छन्। जेसीबी मेसिनको सहायतले उद्धार कार्य जारी राखिएको जनाइएको छ। एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij