२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । मुक्तिनाथ विकास बैङ्क लिमिटेडले रामनगर समुदायिक हस्पिटल प्रा. लि.बिच सम्झौता भएको छ । बैङ्कले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैङ्किङ्ग सेवा लिने ग्राहकहरूलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको उक्त हस्पिटलसँग व्यवसायिक सम्झौता गरेको हो ।
उक्त व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैङ्कका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैङ्किङ्ग ग्राहकहरूले रामनगर समुदायिक हस्पिटलको विभिन्न सेवाहरूमा विशेष २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैङ्कले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैङ्कको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैङ्कको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैङ्किङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैङ्किङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैङ्किङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैङ्कको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij