Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शहीदनगर नगरपालिकाका इन्जिनियर २ लाख ७५ हजार घुससहित पक्राउ

शहीदनगर नगरपालिकाका इन्जिनियर २ लाख ७५ हजार घुससहित पक्राउ


  • 2.3K
    Shares

    शहीदनगर नगरपालिकाका इन्जिनियर २ लाख ७५ हजार घुससहित पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

    पर्खाल निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएर पुगेको अख्तियारको बर्दिबास कार्यालयको टोलीले १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।

    इन्जिनियर चौधरीसँगै उनका साथी गुरुदेव यादव पनि पक्राउ परेका छन् । शहिदनगर नगरपालिका वडा नं. ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको क्षेत्रीय कार्यालय बर्दबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए । 

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - १७:०५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij