२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । मकवानपुरमा सुख्खा पहिरोमा परी प्रहरी जवान कीर्तिबहादुर नेपालीको मृत्यु भएको छ। प्रहरी चौकी भैंसेमा कार्यरत नेपालीको मृत्यु भएको मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए।
बिहीबार ड्युटी सकेर कार्यालय फर्कँदै गर्दा उनी लडेर सामान्य घाइते भएका थिए। त्यसपछि उपचारका लागि जिल्ला अस्पताल पुगेका उनी हिजै राति कार्यालय फर्कँदै थिए।
राति १२ बजे पुनः जिल्ला अस्पताल पुर्याइएकोमा आज बिहान १ बजे उनको मृत्यु भएको एसपी रिजालले जानकारी दिए। उनको शव जिल्ला अस्पतालमा राखिएको र परिवारलाई बुझाउने तयारी भइरहेको एसपी रिजालले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij