Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

२८ वर्षपछि हुन लागेको बढुवा प्रक्रिया रोकेको भन्दै खेल कर्मचारी आन्दोलनमा

२८ वर्षपछि हुन लागेको बढुवा प्रक्रिया रोकेको भन्दै खेल कर्मचारी आन्दोलनमा


  • 2.0K
    Shares

    • images
    २८ वर्षपछि हुन लागेको बढुवा प्रक्रिया रोकेको भन्दै खेल कर्मचारी आन्दोलनमा
    images

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले राखेपका कर्मचारीको बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पुर्‍याएको भन्दै चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

    राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै करिव तीन दशकसम्म बढुवा नभएका कर्मचारीको पदोन्नतीका विषयमा काम भइरहँदा मन्त्रालयले त्यसलाई रोक्न काम गरेको भन्दै चरणवद्ध रूपमा आन्दोलन गर्ने जनाएको हो ।

    देशभर जिल्ला खेलकुद र केन्द्रमा गरेर करारसहित करिब आठ कर्मचारीहरू नेपाली खेलकुदमा छन् । यद्यपि, यीमध्ये केही २८ वर्षसम्म एउटै पदमा कार्यरत कर्मचारी पनि छन् ।

    उनीहरूको बढुवा प्रक्रियाका लागि लामो समयदेखि प्रयास भएपनि हुन सकिरहेको छैन । पछिल्ला समय भने नियमसम्मत रूपमा तीन सय ८५ जना कर्मचारीको बढुवा प्रक्रियाको काम अन्तिम चरणमा पुगेपछि युवा तथा खेलकुद मन्त्रालयले रोकेको राखेपका कर्मचारीले आरोप लगाएका छन् । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले मन्त्रालयकै कर्मचारीले आफूहरूको बढुवा हुन नदिने काम गरिरहेको बताए ।

    राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको संयोजकत्वमा रहेको पाँच सदस्यीय पदपूर्ती समितिले आवश्यक प्रक्रिया पुर्‍याएर लामो समयदेखि बढुवा नभएका कर्मचारी (प्राविधिक र प्रशासनिक) बढोन्नतीको काम अगाडि बढाएको थियो । 

    उक्त पदपूर्ति समितिको सदस्यहरूमा राखेपका विभागीय प्रमुख, खेलकुद मन्त्रालयको प्रतिनिधि र खेलकुद विज्ञ (विजेन्द्र हमाल र चन्द्रकान्त पण्डित) थिए । तर, मन्त्रालयका प्रतिनिधिले भने बढुवा प्रक्रिया अगाडि बढाउन नमानेको कर्मचारीहरूको आरोप छ ।
    राखेपका कर्मचारी संघका महासचिव कुमार बस्नेतले मन्त्रालका सहसचिवद्वय कुमार दाहाल र युगनारायण श्रेष्ठले कर्मचारीहरूको बढुवा प्रक्रिया रोकेको आरोप लगाए ।

    कर्मचारी सेवाशर्त नियमावलीमा अधिकृतभन्दा तल १२ वर्ष, अधिकृतको १५ वर्ष, अधिकृत द्वितीयदेखि प्रथममा १८ वर्षसम्म एउटै पदकमा काम गरेको र आवश्यक शैक्षिक योग्यता पनि पुगेका बढुवा हुन पाउने प्रक्रिया रहेको राखेपअन्तर्गत कर्मचारी संघले जनाएको छ । आफूहरूको माग सुनुवाई प्रशिक्षकहरूले प्रशिक्षणको कार्यक्रम नै नगर्ने कर्मचारीहरूले चेतावनी दिएका छन् ।

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - ०५:५८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij