२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । सिटिजन्स बैंक र ललितपुरको रलकुरी फेदीमा रहेको ट्रिबोन्स रिसोर्ट नेपाल प्रा लिबीच सम्झौता गरिएको छ। बैंकका ग्राहकलाई छुट दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो।
उक्त सम्झौता अनुसार बैंकको कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइनेछ। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij