Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कांग्रेसका नेता तथा सांसद सुनील शर्मा पक्राउ

कांग्रेसका नेता तथा सांसद सुनील शर्मा पक्राउ


  • 2.7K
    Shares

    कांग्रेसका नेता तथा सांसद सुनील शर्मा पक्राउ

    काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेता सुनील शर्मा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले टोखा क्षेत्रबाट पक्राउ गरेको हो । 

    काठमाडौँ मेडिकल कलेज र विराटनगर स्थित नोबल मेडिकल कलेजका सञ्चालक शर्मालाई पक्राउ गरेको पुष्टि गरेपनि प्रहरी उच्च स्रोतले कारण भने खुलाउन चाहेनन्। 

    प्रतिनिधिसभामा उनले केही दिनअघि एक सय किलो सुन प्रकरण छानबिन गर्न माग गर्दै कडा भाषण गरेका थिए । सो क्रममा उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा समेत मागेका थिए । सोही अभिव्यक्ति उनले संसदीय समितिमा पनि दिएका थिए ।

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - १५:४३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij