२०८२ भाद्र ५ गते बिहिवार
झापा । झापाबाट पाठेघर क्यान्सरको उपचारका लागि चितवन आएकी एक महिला होटलमा मृत भेटिएकी छन्। भरतपुर स्थित माडी पाहुना घर एण्ड लज रेस्टुरेन्ट झापाको भद्रपुर नगरपालिका निवासी ४० वर्षीया सोनिया पोखरेल मृत अवस्थामा भेटिएकी बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ।
उनीहरु यही साउन २० गते सोनियाको पाठेघरको क्यान्सरको उपचारका लागि झापाबाट चितवन आएका थिए। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका दम्पत्तिहरुले उक्त होटलमा कोठा लिएर बसेका थिए।
सोनियका श्रीमान् सूर्य पोखरेल बुधबार साँझ ६ बजे क्यान्सर अस्पताल जान्छु भन्दै हिँडेका थिए।अस्पताल जान हिँडेका उनी हालसम्म सम्पर्कमा नआएका बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक रेग्मीले बताएका छन्।
श्रीमान् फर्केर नआएपछि होटल मालिकले उनीहरु बस्ने कोठामा गएर हेर्दा सोनिया मृत अवस्थामा भेटिएकी थिइन्। सोनियाको शव पोस्टमार्टमका लागि प्रहरीले अस्पताल पठाएको छ। बेपत्ता भएका सूर्यको खोजी भइरहेरहेको एसएसपी रेग्मीले बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij