Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

बैतडीकी सरस्वती नेपाली बनिन् अमेरिकाको ‘ग्लोबल एन्टी रेसिज्म’ अवार्ड पाउने पहिलो नेपाली

बैतडीकी सरस्वती नेपाली बनिन् अमेरिकाको ‘ग्लोबल एन्टी रेसिज्म’ अवार्ड पाउने पहिलो नेपाली


  • 2.2K
    Shares

    बैतडीकी सरस्वती नेपाली बनिन् अमेरिकाको ‘ग्लोबल एन्टी रेसिज्म’ अवार्ड पाउने पहिलो नेपाली

    वासिङ्टन डिसी । सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी सरस्वती नेपालीलाई अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेका छन् ।

    अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।

    सरस्वतीले विगत दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने गरेका जाति विभेदविरुद्ध निरन्तर अभियानमा क्रियाशील भएकाले उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । 

    सीमान्तकृत, अपाङ्गता, गरिब दलितका निम्ति मानव अधिकार र सामाजिक न्यायका लागि लडेकी सरस्वतीलाई यो अवार्ड प्रदान गरिएको हो ।

    उनीसहित ट्युनिसिया, बङ्गलादेश, ब्राजिल, मोल्डोभो र पेरुका सामाजिक अभियान्तालाई पनि सोही अवार्ड प्रदान गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड पाउने सरस्वती पहिलो नेपाली हुन् ।

     

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - ११:१२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij