Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मौसम

आजको मौसमः यी प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन मौसमविद्को आग्रह

आजको मौसमः यी प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन मौसमविद्को आग्रह


  • 2.8K
    Shares

    आजको मौसमः यी प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन मौसमविद्को आग्रह
    images

    काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि धेरै भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली  रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र  लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ । 
     
    विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोसी, मधेस, वाग्मती र गण्डकी  प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ विभागले जनाएको छ । 

    भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले आज नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने विभागको भनाइ छ । यसले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । 

    यसैबीच, देशका विभिन्न भू–भागमा गएराति भारी वर्षा भएको छ । नवलपरासीको परासी, रूपन्देहीको तिलोत्तमा, कास्कीको ज्यामिरेबारी, सिकलेश, लुम्ले र आसपास भारी वर्षा भएको छ । 

    उक्त जिल्ला तथा आसपास भएर बहने स–साना नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले ६ घण्टा सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

    झापाको बुधबारे, शनिश्चरे, विर्तामोड र आसपासमा पनि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेको छ । त्यसैले विरिङ, अदुवाखोलालगायत आसपासका खोलामा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    अहिले नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहेको छ । 

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - ०८:४०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij