Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नुवाकोटमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास, एक जना पक्राउ

नुवाकोटमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास, एक जना पक्राउ


  • 7.0K
    Shares

    नुवाकोटमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास, एक जना पक्राउ

    नुवाकोट । नुवाकोटमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको छ ।

    नुवाकोटको तारकेश्वर गाउँपालिका-२ मा गत शुक्रवार किशोरीमाथि ३ जनाले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनकारी दिएको हो ।

    ति किशोरीलाई गत शुक्रवार रातको १० बजेतिर ३ जनाले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता हरि बाहादुर आलीले बताए ।

    ३ जना मध्य एक जना आरोपित धादिङ बेनिघाट घर भएका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँकी दुईजना फरार रहेका प्रवक्ता आलीले बताए ।

    परियारलाई प्रहरीले सोही राती नै पक्राउ गरेको थियो । पक्राउ परेका परियार उपर जबर्जस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको आलीले बताए । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - ११:३३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij