Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

प्रशिक्षकले दिएको पार्टीमा नेपाल प्रहरीका खेलाडीलाई सई रितेश थापाले कुटे

प्रशिक्षकले दिएको पार्टीमा नेपाल प्रहरीका खेलाडीलाई सई रितेश थापाले कुटे


  • 3.8K
    Shares

    • images
    प्रशिक्षकले दिएको पार्टीमा नेपाल प्रहरीका खेलाडीलाई सई रितेश थापाले कुटे
    images

    नेपाल पुलिस क्लबका खेलाडीलाई एउटा पार्टीमा प्रहरी नायब निरीक्षक (सई) ले कुटपिट गरेका छन्। 

    बंगलादेशमा मैत्रीपूर्ण खेल जितेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टीमा सहभागी पुलिस क्लबका खेलाडी भरत शाहलाई पुलिस क्लबकै पूर्वकप्तान रितेश थापाले निर्घात कुटपिट गरेका हुन्।

    कुट्ने थापा सई र शाह सहायक हवलदार हुन्। कुटपिटमा संलग्न रितेश थापालाई तत्काल निलम्बन गरेको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईले बताए। 

    गत साता थापाले कमलपोखरीस्थित एक रेस्टुरेन्टमा पार्टी दिएका थिए। ‘जाँड खाँदा झगडा गरेको भन्ने सूचना आएको छ। हामीले सईलाई तत्काल निलम्बन गरेर छानबिन गरिरहेका छौं। यस्तो गर्न त प्रहरीले मिल्दै मिल्दैन नि’, एआईजी राईले भने। 

    प्रहरी प्रशिक्षण प्रतिष्ठानले एसएसपी बेलबहादुर पाण्डेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ। 

    कुटपिटमा संलग्न रितेश यसअघि म्याच फिक्सिङको आरोपमा पनि पक्राउ परेका थिए। तर पछि उनीहरुलाई अदालतले सफाइ दिएको थियो। उनी राष्ट्रिय फुटबलको टोलीको गोल रक्षक थिए।

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - १३:२६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij