२०८२ भाद्र १८ गते बुधवार
जुम्लाको सिँजा गाउँपालिका–६ भाटगाउँमा सोमबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
नराकोट बजारबाट नुन बोकेर भाटगाउँतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बेलुकी करिव साढे आठ बजे सडकवाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते आठजनामध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा स्थानीय ५० वर्षीया भोटेनी बुढा र ६० वर्षीया मीनकली बुढा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij