Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्नेलाई ध्वस्त पार्छु भन्दै ओलीले प्रचण्डलाई यसरी खेद्नु सम्म खेदे 

पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्नेलाई ध्वस्त पार्छु भन्दै ओलीले प्रचण्डलाई यसरी खेद्नु सम्म खेदे 


  • 5.4K
    Shares

    पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्नेलाई ध्वस्त पार्छु भन्दै ओलीले प्रचण्डलाई यसरी खेद्नु सम्म खेदे 
    images

    काठमाडौँ । प्रधानमन्त्री एवम् ओलीपक्षीय नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला त्यसमाथि पनि औंला चलाउन सक्ने टिप्पणी गरेका छन् ।

    जुन हातले नाम लिएको हो त्यसले काट्न पनि सक्ने भन्दै उनले भने, ‘देवप्रसाद गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हुँ, मैले हटाएँ । उहाँहरुले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हुँ । जरुरी परेका बेला‘ अहिलेसम्म औंला चलाएको छैन् है । उहाँहरूको पद केही पनि चलाइदिएको छैन ।’ ओलिलॆ प्रचण्ड-माधवलाई पार्टी बाट निकाल्ने संकेत समेत गरे। 

    सोमबार गण्डकी प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दे ओलीले पार्टी एकीकरणका लागि आफूले अल्पमत र बहुमत केही पनि नहेरेको बताए । ‘मैलै पार्टी एकता गर्दा बहुमत हेरिनँ,’ ओलीको भनाइ छ,‘ किनभने म अध्यक्ष थिएँ । पार्टी एकताका लागि केही हेरिनँ । एकीकरण सकिनेबित्तिकै उहाँहरूले आफ्नो धन्दा शुरू गर्नुभयो । पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने ।’

    आफ्नो अपमान गर्न आफूमाथि झुटा लान्छाना लगाइएको उनले दाबी गरे। ओलीले भने, ‘मेरो अपमान कसरी गर्न सकिन्छ । झुटा लाञ्छना कसरी लगाउन सकिन्छ । झुटा लान्छनाको प्रचार किन रु यो मसँग मात्रै सम्बन्धित छैन् । यो पार्टी र आन्दोलनसँग सम्बन्धित छ ।

    देशी विदेशी शक्तिले हमला गरिरहे पनि पार्टी कार्यकतामा कुनै अलमल नभएको भन्दै उनले धन्यावाद दिए। उनी भन्छन्,‘यत्रो हमला भइरहेको छ, देशी विदेशी सक्ति लागिरहेका छन् । तर, पनि पार्टी कार्यकर्तामा अलमल, दुविधा छैन । यो ठीक ढंगले अगाडि बढीरहेको छ, बढ्छ ।’

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - १५:०४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij