Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

ब्राउन सुगर सहित समातिएकी न्यायाधिशकी कान्छी श्रीमतीलाई छोड्न मुख्यमन्त्रीले किन दिए आदेश ?

ब्राउन सुगर सहित समातिएकी न्यायाधिशकी कान्छी श्रीमतीलाई छोड्न मुख्यमन्त्रीले किन दिए आदेश ?


  • 10.3K
    Shares

    ब्राउन सुगर सहित समातिएकी न्यायाधिशकी कान्छी श्रीमतीलाई छोड्न मुख्यमन्त्रीले किन दिए आदेश ?
    images

    घरमै राखेको स्कुटरमा ब्राउन सुगर बरामद भएपछि पक्राउ परेकी ४२ वर्षीया तुलसा पोखरेललाई प्रहरी म्याद थपका लागि घोराही पठाएको छ।

    आइतबार दिउँसो पक्राउपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा उनलाई प्रहरीले राखेको थियो।

    म्याद थपका लागि सोमबार बिहान सवा ११ बजेतिर पोखरेललाई घोराही पठाइएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवहादुर सिंहले जानकारी दिए।

    पोखरेलले म्याद थपका लागि घोराही जान नमानेको तथा रोइकराई गरेको डिएसपी सिंहले बताए। ‘उहाँ निकै रोइकराई गर्नु भयो,’ सिंहले भने ‘प्रहरीको गाडीमा चढ्नै मान्नु भएन,  मुस्किलले गाडीमा चढायौं।’

    डिएसपी सिंहका अनुसार थुनुवा कक्षमा राख्दा पनि तुलसाले त्यसैगरी रोईकराई गरेको उनले बताए। सिंहले भने, ‘उहाँ राति बेहोस पनि हुनुभयो र हामीले राति उहाँलाई अस्पताल पुर्‍याएर उपचारपछि फेरि इप्रका ल्याएका थियौं।’

    तुलसाले आफूलाई ‘फसाइएको’ भन्दै त्यसरी रोइकराई गर्ने गरेको प्रहरी डिएसपी सिंहले बताए।

    ‘उहाँले  एक-दुई दिनदेखि स्कुटर कसैलाई नदिएको पनि स्वीकार गर्नुहुन्छ। प्रहरीले उहाँको घरभित्रै राखेको स्कुटर, उहाँसँगै चाबी मागेर उहाँलाई नै डिक्की खोल्न लगाएको थियो,’ डिएसपी सिंहले भने ‘डिक्कीभित्र ब्राउन सुगर फेला परेपछि उहाँलाई पक्राउ गर्नु परेको हो।’

    तुलसाले आफूलाई फसाइएको भनेर गर्दै आएको दाबी सही वा गलत के हुन् थप अनुसन्धानबाट मात्रै खुल्न सक्ने डिएसपी सिंहले बताए।

    ‘उहाँले फसाइयोमात्रै भन्नु हुन्छ,’ डिएसपी सिंहले भने ‘तर, कसले फसायोभन्दा जवाफ दिन सक्नुहुन्न।’ अर्का एक प्रहरी अधिकारीले भने तुलसाले आफन्तहरूले नै आफूलाई फसाएको भन्ने ढंगले दोषारोपण गर्ने गरेको जानकारी दिए।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्यसमेत रहेकी पोखरेललाई षडयन्त्रपूर्वक फसाइएको भन्दै नेकपा नेताहरूले समेत प्रहरीमाथि दबाब दिइरहेको ती प्रहरी अधिकारीले बताए।

    ‘ आइतबार दिनभर र राति अबेरसम्म ५०-६० जना नेता इप्रका आउनुभयो,’ ती प्रहरी अधिकारीले भने ‘उहाँहरूले फोनमा समेत तुलसालाई षडयन्त्रपूर्वक फसाइएको भन्दै छोड्नसमेत भन्नुभएको थियो।’ श्रोतका अनुसार मुख्यमन्त्री शंकर पोखरेल समेतले उनलाई छोड्न दबाब दिएका थिए। 

    ती प्रहरी अधिकारीका अनुसार फोन गर्ने नेतालाई प्रहरीले सम्झाइबुझाइ गर्दै आएको छ।

    कानुनको नजरमा सबै समान हुने भन्दै प्रहरीलाई अनावश्यक दबाब नदिन र अनुसन्धानमा सघाउन आग्रह गर्ने गरेको ती प्रहरी अधिकारीले बताए।तु लसा उच्च अदालत सुर्खेतको जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी कान्छी श्रीमती हुन्।

    पक्राउ परेकी तुलसाविरूद्ध प्रहरीले लागु औषधसम्बन्धी मुद्दा चलाएर अनुसन्धान सुरू गरिने जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - १४:५५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij