Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा


  • 2.7K
    Shares

    • images
    ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा
    images

    काठमाडौँ । केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रूपमा सार्वजनिक गरेको छ । 

    क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी बिनहरूबाट तयार गरिएको हो, जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ । उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफीलाई विभिन्न विधिहरूको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेको कम्पनीको दाबी छ ।

    कफी प्रेमीहरूले अब ज्ञान क्याफेजा कफी डिपार्टमेन्ट स्टोरहरू, दराज तथा किराना पसलहरूमा खरिद गर्न सक्नुहुनेछ । यो उत्पादन ४० ग्राम पाउच र ३६० ग्रामको बक्समा लन्च उपलब्ध छ ।

     
     

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - १६:५४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij