Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नेपालभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना संक्रमणमुक्त

नेपालभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना संक्रमणमुक्त


  • 5.9K
    Shares

    • images
    नेपालभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ । नेपालमा ९ सय ६२ सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ रहेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ रहेको छ ।

     

     

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १६:३६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij