२०८२ भाद्र २० गते शुक्रवार
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ । नेपालमा ९ सय ६२ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij