२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । रिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।
यस छात्रवृत्ति कार्यक्रम २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एस.ई.ई. मा उत्तीर्ण भएका सम्पूर्ण मकवानपूर जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी ल्याइएको हो ।
जसअनुसार एस।ई।ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने कम्पनीले जनाएको छ ।
छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु.५०००, दोस्रो हुनेलाई रु. ३५००, तेस्रो हुनेलाई रु.२५०० का साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।
यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट www.riddhisiddhicements.com वा फेसबुक पेज https://www.facebook.com/RiddhiSiddhicements मा गएर उल्लेखित क्यूआर कोड स्क्यान गरी फारम भर्न सक्नेछन् । आवेदकको फारम यही साउन २१ गतेसम्म बुझाउन सकिने कम्पनीले जनाएको छ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij