२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । अहिले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij