Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

निजामति सेवाको दुर्लभ संयोग : श्रीमान् र श्रीमती नै सिडियो, यसरी भए सफल 

निजामति सेवाको दुर्लभ संयोग : श्रीमान् र श्रीमती नै सिडियो, यसरी भए सफल 


  • 87.0K
    Shares

    निजामति सेवाको दुर्लभ संयोग : श्रीमान् र श्रीमती नै सिडियो, यसरी भए सफल 
    images

    काठमाडौं । निजामती सेवामा एउटै पदमा रहेका जोडी कमै मात्र भेटिए पनि श्रीमान श्रीमती नै सरकारी सेवामा रहेका जोडी बग्रेल्ती छन् । श्रीमान र श्रीमती नै एकै पदमा अझ एकै मन्त्रालय अन्तर्गत भएकाको संख्या अति कम छ ।

    त्यस्तै मध्येका कम संख्याका जोडी हुन सिद्धराज जोशी र किरण जोशी । दुबै उपसचिव । र संयोग यस्तो परेको छ कि किरण अहिले सहायक सीडिओको जिम्मेवारीमा छिन् भने उनका पति सिद्धराज चाहिँ सीडियो नै छन्  ।

    किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडिओ) बन्न सफल भएसँगै अहिले निजामती वृत्तमा चर्चामा छिन्  ।

    बैतडीमा जन्मिएकी जोशी सुदूरपश्चिम प्रदेशबाटै खुला प्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला भएको कारण मात्र होइन श्रीमान श्रीमती नै उपसचिव र श्रीमान प्रमुख जिल्ला अधिकारी अनि श्रीमती सहायक प्रमुख जिल्ला अधिकारी भएका कारण यो जोडीको चर्चा चुलिएको हो ।

    किरण कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा जन्मेकी हुन् । स्थानीय स्कूलबाटै प्रारम्भिक शिक्षा पूरा गरी कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातक (बीकम) उत्र्तीण गरिन् । जनप्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक किरणले प्राथमिक तहमा शिक्षकमा नाम पनि निकालिन । झण्डै दुई बर्ष अध्यापन पेशा अगालेकी उनी २०५२ सालबाट अध्यापन पेशामा संलग्न उनको २०५४ सालमा कैलालीको गोदावरी नगरपालिका–६ का सिद्धराज जोशीसँग बिहे भयो । जोशी हालै भएको सीडिओको सरुवामा दार्चुलाको कमाण्डर बनेर पुगेका छन् । उनै  श्रीमान जोशीको साथ सल्लाह र प्रेरणाले निजामती सेवामा होमिएकी हुन श्रीमती किरण ।

    किरणको निजामती सेवाको पाइला चाहिँ २०६१ साउन १ बाट शुरु भयो । खरिदार पदबाट निजामति सेवामा पाइला टेकेकी उनी बर्ष दिनपछि नै नासु, ५ बर्षपछि शाखा अधिकृत हुँदै ०७७ माघ १४ गते खुला प्रतिस्पतार्धाबाट उप सचिव पदमा बढूवा भएकी हुन् ।

    उनै जोशीलाई गृह मन्त्रालयको गत २८ माघको निर्णय अनुसार डोटी जिल्लाको सहायक सीडिओमा पदस्थापना गरेपछि उनी सूदुरपश्चिम जिल्लाकै उपसचिवस्तरको पहिलो साहायक सिडियो बनेर रेकर्ड कायम गरेकी हुन् ।

    यसअघि किरण रोल्पा जिल्लाको निर्वाचन कार्यालयको निर्वाचन अधिकारीको रुपमा कार्यरत थिईन् ।

    श्रीमान श्रीमती  मिलेर लोक सेवा तयारीसम्बन्धि खरिदार, उप सचिव र सह सचिव स्तरको करिब ४० भन्दा बढी  लोक सेवा तयारी किताब प्रकाशित गरिसकेका छन् ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १४:५०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij