Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाउने पोख्रेल पक्राउ

साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाउने पोख्रेल पक्राउ


  • 7.7K
    Shares

    साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाउने पोख्रेल पक्राउ
    images

    काठमाडौं । प्रहरीले साइबर ब्यूरोको लोगो दुरुपयोग गरी फेसबुकमा नक्कली पेज बनाउने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको साइबर ब्यूरोले कपिलवस्तु वाणगंगा नगरपालिका २ घर भई हाल रुपन्देही सैनामैना नगरपालिका बस्ने १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार उनले नक्कली पेजको म्यासेञ्जरबाट आम सर्वसाधारणसँग प्रहरी प्रधानकार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट कुरा गरेको जस्तो भान पार्ने र आपराधिक लाभ समेत असुल गर्ने गरेका थिए ।

    पोख्रेलमाथि सर्वसाधारणको अमन चयन र शान्ति सुव्यवस्था कायम गर्न कटिवद्ध भई अहोरात्र खटिने पवित्र संगठन नेपाल प्रहरीको छवीलाई बदनाम गर्ने र संगठनप्रति आस्थावान आम नागरिकलाई भ्रमित पारी आपराधिक कार्य गर्ने गरेको आरोप प्रहरीले लगाएको छ ।

    विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको भन्दै ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर रुपन्देही प्रहरीको सहयोगमा गत बिहीबार पोख्रेललाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी नविन्द अर्यालले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १४:००:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij