२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुनी वायुको आंशिक प्रभाव छ। भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij