Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आजको मौसम: कुन-कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना ?

आजको मौसम: कुन-कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना ?


  • 2.9K
    Shares

    आजको मौसम: कुन-कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना ?

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको  छ ।

    राति देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका  एक/दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - ०९:२०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij