Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना

आज केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना


  • 7.3K
    Shares

    • images
    आज केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वी पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको बताएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो । साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना पनि रहेको छ ।

    यसैगरी आज राति पनि प्रदेश १ का पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको आज बिहान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - ११:३४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij