Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नेपाल–बंगलादेश युवा सम्मेलन सुरु

नेपाल–बंगलादेश युवा सम्मेलन सुरु


  • 8.0K
    Shares

    • images
    नेपाल–बंगलादेश युवा सम्मेलन सुरु

    काठमाडौं । चौथो ‘नेपाल–बंगलादेश युवा सम्मेलन’ शनिबार काठमाडौँमा सुरु भएको छ ।

    कोभिड–१९ का कारण प्रभावित हुँदै आएको सम्मेलन रोगको सङ्क्रमण घटेसँगै आयोजना गरिएको कार्यक्रम संयोजक अभिनव चौधरीले जानकारी दिए। दुईदिने सो सम्मेलनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले उद्घाटन गरिन्।

    उक्त समारोहमा मन्त्री तुम्बाहाङ्फेले यसरी दुई मुलुकका युवाबीच अनुभव आदान–प्रदान हुँदा आपसी सम्बन्ध विस्तार, संस्कृति हस्तान्तरण र विकास साझेदारमा टेवा पुग्ने बताइन्। आर्थिक समृद्धि र विकासका निम्ति युवाको भूमिका अहम् हुने र त्यस्ता अनुभवी युवाले मुलुकको प्रतिनिधित्वसमेत गर्न सक्ने भएकाले पनि विश्वको अनुभव युवाले सिक्नु जरुरी रहेको उनले औँल्याइन्।

    उक्त समारोहमा नेपालस्थित बंगलादेशी राजदूत सलाहउद्दिन नोमन चौधरीले यस्ता खाले कार्यक्रममार्फत युवाबीच अनुभव साटासाट हुँदा दुवै देशको व्यापार विस्तार र समग्र विकासमा नै टेवा पुग्ने बताए ।

    दिगो विकास लक्ष्य, जलवायु परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मेलन केन्द्रित रहेको कार्यक्रम संयोजक चौधरीले जानकारी दिए। विश्वका युवाबीच अनुभव आदान–प्रदान हुँदा सम्बन्धित राष्ट्रको विकासमा उनीहरूले ठूलो भूमिका खेल्नसक्ने उनले बताए।

    युवा विकास केन्द्र र साउथ एसिया पार्टनरसीप ९साप० नेपालको आयोजना तथा बंगलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा सुरु भएको सम्मेलनको पहिलाृे दिन जलवायु परिवर्तनसम्बन्धी पर्वतारोही अनिश लुइँटेल र लालमणि वाग्लेले कार्यपत्र प्रस्तुत गरेका थिए भने बंगलादेशको प्रकोप व्यवस्थापनका विषयमा ढाका विश्वविद्यालयका महबुब आलमले प्रस्तुतीकरण दिएका थियो ।

    सम्मेलनमा दुवै देशको व्यापार र सम्बन्ध विस्तार तथा कोभिडपछिको अवस्थामा जनस्वास्थ्यमा युवाबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भइरहेको छ । यसअघि पहिलो र तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो । 

    प्रकाशित मिति :फाल्गुण १५ २०७७ शनिवार - १८:२७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij