Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आज देशभर पानी पर्ने, आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

आज देशभर पानी पर्ने, आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?


  • 2.7K
    Shares

    आज देशभर पानी पर्ने, आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भू-भागहरूमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ।

    आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बुधबार देशभर आंशिकदेखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बिहीबार देशभर आंशिकदेखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १०:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij