Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

देशभर थपिए ८१ जना कोरोना संक्रमित, २ को मृत्यु

देशभर थपिए ८१ जना कोरोना संक्रमित, २ को मृत्यु


  • 5.1K
    Shares

    • images
    देशभर थपिए ८१ जना कोरोना संक्रमित, २ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय २४ नमुना परीक्षण गर्दा ३५ महिला र ४६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । उनीहरुमध्ये शनिबार थप २ सहित २ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।

    गत २४ घण्टामा ६२ जना निको भएसँगै हालसम्म २ लाख ७० हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९६७ जना क्वारेन्टिनमा रहेका छन् ।

     



    प्रकाशित मिति :फाल्गुण १५ २०७७ शनिवार - १८:१३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij