Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

उत्तरपुस्तिका सच्याएर छोरीलाई पास गराउने लोकसेवाका अधिकृत शाही भ्रष्टाचारी ठहर

उत्तरपुस्तिका सच्याएर छोरीलाई पास गराउने लोकसेवाका अधिकृत शाही भ्रष्टाचारी ठहर


  • 3.8K
    Shares

    उत्तरपुस्तिका सच्याएर छोरीलाई पास गराउने लोकसेवाका अधिकृत शाही भ्रष्टाचारी ठहर
    images

    काठमाडौं । उत्तरपुस्तिका सच्याएर छोरीलाई पास गराएका लोक सेवा आयोगका शाखा अधिकृत मिमबहादुर शाहीलाई विशेष अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।

    विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले उनलाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने आदेश गरेको हो । शाहीले नेपाल बायुसेवा निगमको परीक्षामा सामेल छोरीको उत्तरपुस्तिकमा सच्याएर पास गराएका थिए । बस्तुगत उत्तरपुस्तिका सच्याएर उनले पछि केरमेट गरेका थिए ।

    छोरीले परीक्षा दिँदा शाखा अधिकृत मिमबहादुर शाही लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखा अन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए ।

    उनकी छोरीले नेपाल वायुसेवा निगमको सहायक चौथो(खरिदार सरहको) परीक्षा दिएकी थिइन । उनले बस्तुगत प्रश्नका सबै ५० वटा प्रश्नहरु मिलाएकी थिइन । उनले बदमासी गरेको थाहा पाएपछि लोकसेवा आयोगले कार्यदल बनाएको थियो । कार्यदलले उत्तरपुस्तिका परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । घटनामा छोरीको भूमिका नदेखिएको भन्दै लोकसेवाले उनको नाम गोप्य राखेको थियो ।

    प्रयोगशालाले बस्तुगत उत्तर लेख्ने क्रममा पछि अक्षर थपिएको भनी प्रतिवेदन दिएको थियो । प्रतिवेदन पाएपछि लोकसेवा आयोगले मिमबहादुरकी छोरीको सबै प्रक्रिया रद्द गरेको थियो । लोकसेवाले अधिकृत शाहीलाई ५ वर्ष ग्रेड र बढुवा पनि रोक्का गरेको थियो । यसवारे उजुरी परेपछि अख्तियारले छानबिन गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १६:५९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij