Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आजको मौसम : कुन-कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना ?

आजको मौसम : कुन-कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना ?


  • 3.3K
    Shares

    आजको मौसम : कुन-कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना ?

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। 

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको  छ। कोशी,  बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा पनि भइरहेको छ।

    आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

    हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

     

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १०:०४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij