Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आजको मौसम: यी प्रदेशहरूमा अत्याधिक बर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

आजको मौसम: यी प्रदेशहरूमा अत्याधिक बर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह


  • 2.3K
    Shares

    आजको मौसम: यी प्रदेशहरूमा अत्याधिक बर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको  छ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

    आज (सोमबार) देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    हावाहुरी भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - ०९:५९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij