Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पिटलबीच सम्झौता, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने 

सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पिटलबीच सम्झौता, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने 


  • 2.1K
    Shares

    सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पिटलबीच सम्झौता, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने 

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंक र युनिभर्सल डेन्टल हस्पिटलबीच भएको उक्त सम्झौतामा बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने बैंकले जनाएको छ । 

    उक्त सम्झौता पत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक ग्राहकहरुले हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । 

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

     

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - १२:०४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij