Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अब डिशहोम टिभी सिधै मोबाइलमा, ‘डिशहोम गो’

अब डिशहोम टिभी सिधै मोबाइलमा, ‘डिशहोम गो’


  • 2.5K
    Shares

    अब डिशहोम टिभी सिधै मोबाइलमा, ‘डिशहोम गो’

    काठमाडौँ । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन गरेको छ । हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो ।

    १५० भन्दा वढि लाईभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडिसम्मको कन्टेन्ट फेरि हेर्न सकिन्छ । 

    डिशहोमले आफ्ना ग्राहकहरुलाई मात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो’ मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ । 

    ‘डिशहोम गो’ एपमा लाइभ टिभिसंगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । 

    ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट नि: शुल्क डाउनलोड गर्न सकिन्छ । 

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - १६:३८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij